०७ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

सांसद अरगरियाद्वारा सल्हेश मन्दिरको शिलान्यास

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

न्यूज मधेश,जनकपुरधाम । समाजवादी पार्टीका प्रमुख सचेतक एवम धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले धनुषाको शहिदनगर नगरपालिकामा सलहेश मन्दिरको शिलान्यास गरेका छन् ।

सचेतक अरगरियाले शहिदनगर नगरपालिका वडा नं.४ मा सोमबार एक कार्यक्रमबीच सलहेश मन्दिरको शिलान्यास गरेका हुन् । उनले संसदीय विकास कोषको रकमले मन्दिर निर्माण गर्ने बताए ।

उनले बजेटमा अनियमितता नगरी ईमान्दारिता पुर्वक काम गर्न आग्रह गरे । उनले भने, ‘म भ्रष्टाचारको विरोधी छु। मलाई एक पैसा चाहिदैन । तपाईहरु पनि पारदर्शी रूपमा काम गर्नुहोला।’

शिलान्यास कार्यक्रममा समाजवादी पार्टीका शहिदनगर नगर अध्यक्ष दिनेश यादव, नगर सल्लाहकार फुलगेन यादव, प्रमोद अधिकारी ,उमेश यादव ,कपिल देव मरिक, नगर यूवा अध्यक्ष रामचन्द्र चौरबार, पार्टीको वडा नं.४ अध्यक्ष बेचन साह लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]