०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

श्री चित्रगुप्त अतिथि सदन नव निर्मित भवन उद्घाटन समारोह सम्पन्न

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

नितेश कुमार कर्ण, पर्सा । वीरगन्ज वडा न १ चित्रगुप्तनगरमा चित्रगुप्त अतिथि सदन नव निर्मित भवनको एक समारोह बिच बुधबार उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का संसद बिमल प्रसाद श्रीवास्तवले छपकैया वडा नं.१ मा नव निर्मित भवनको रिबन काटेर आज उद्घाटन गर्नु भयो। समुदघाटन समारोहमा सांसद श्रीवास्तवले समाजमा सामुदायिक भवनको निर्माणको साथै सामुदायिक हित, शिक्षा र समाजिक कुरुतीको बिरुद्ध समाजमा जागरुकता फैलाउनु पर्ने आवश्यकतामा जोड दिनु भयो ।

सो समारोहमा चित्रगुप्त कार्यकारिणी समितिका अध्यक्ष महेश दासले सामुदायिक हक हितको लागी भौतिक संरचना जरुरी रहेको र समुदायको हित एव सामाजिक कार्यगर्न भवन निर्माण सहयोगी हुने बताउनु भयो । सबा सात धुर जग्गामा करीब ४३ लाखको लागतमा चित्रगुप्त अतिथि सदनको निर्माण भएको सचिव रामबिहारी लाल दासले जानकारी दिए।

प्राध्यापक डा.कुलानन्द, श्री चित्रगुप्त सेवा समिति वडा नं. १ सिसोवारीका अध्यक्ष प्रभुनारायण कर्ण,चित्रास अतिथि सदन वडा न.३का अध्यक्ष ब्रजेश मल्लिक, प्राध्यापक डा.बासुदेव लाल कर्ण लगायतकाले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कार्यस्थ समाजको तर्फबाट संसद बिमल प्रसाद श्रीवास्तवलाई कदर पत्र सहित दोसल्ला लगाएर सम्मानित गरिएको थियो । कार्यक्रम श्री चित्रगुप्त अतिथि सदनका अध्यक्ष ब्रम्हदेव लाल दासको अध्यक्षतामा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]