०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

श्रीमानले श्रीमतीलाई गरे हत्या

Logo
प्रकाशित बिहिबार, कार्तिक २१, २०७६

न्यूज मधेश,सिरहा । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरि हत्या गरेको छ।

कर्जन्हा नगरपालिका वडा नं.२ मा बस्ने २६ वर्षीया कबिता पासवानको बन्चरो प्रहारबाट बुधबार बिहान मृत्यु भएको छ ।

घरायसी विवादको कारण उनकै श्रीमान रामबाबु पासवानले मादक पदार्थ सेवन गरी बन्चरोले प्रहार गर्दा कविताको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी कविताको उपचारका लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

बन्चरो प्रहार गर्ने रामबाबु हाल फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]