०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

प्रमुख सचेतक उमाशंकर अरगरियाले गरे सोनासती देवी मन्दिरको शिलान्यास

Logo
प्रकाशित बिहिबार, कार्तिक २१, २०७६

न्यूज मधेश,जनकपुरधाम ।समाजवादी पार्टीका संघीय दलका प्रमुख सचेतक एवम धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले धनुषाको कमला नगरपालिकामा सोनासती देवी मन्दिरको शिलान्यास गरेको छ ।

कमला नगरपालिका वडा नं.८ सोनापारामा बिहिवार एक कार्यक्रमबीच सोनासती देवी मन्दिरको शिलान्यास गर्नु भएको छ। उनले संसदीय विकास कोषको रकमले मन्दिर निर्माण गर्ने बताए ।

उनले बजेटमा अनियमितता नगरी ईमान्दारिता पुर्वक काम गर्न आग्रह गरे । उनले भने, ‘म भ्रष्टाचारको विरोधी हुँ । मलाई एक पैसा चाहिदैन । तपाईहरु पनि पारदर्शी रूपमा काम गर्नुहोला ।’आफ्नो क्षेत्रका जनताको समस्यालाई मध्य नजर राख्दै कार्यक्रमलाई निरन्तरता दिने र पर्व को बेला परत्यक्ष जनता संग भेट गरि शुभकामना साथ स्थानीय को समस्या बारे जानकार भइ समाधान तिर लागने सांसद अरगरियाले बताए ।

निरन्तर समाज संग जोडेर सामाजिक मुद्दा उठान र समधान गर्ने तर्फ़ उन्मुख रहेका सांसद अरगरियाले यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्नका लागि आफूले आफ्नो क्षेत्रका जनता , नेताकार्यकर्तासंग भेटघाट र उहाँहरुको समस्या समाधानका लागि कार्यकर्ताको माझ गएर कार्यक्रम शुरु गरेको बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयहरु संग भेटि समस्या,गुनासो , बिकाश का योजना बारे बुझेका सांसद अरगरिया आफु छिटो भन्दा छिटो समस्या समाधान गर्ने र बिकाश तर्फ आवस्यक हरेक निकाय एवं मन्त्रालय र स्थानीय सरोकार वाला संग समन्वय गरि क्षेत्र को जनतालाइ विकास को प्रतिभुती दिलाउने बाचा गरे ।शिलान्यास कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डल , पार्टीका कमला नगर अध्यक्ष मनिक लाल मण्डल ,निर्वाचित वडा नं.८को वडा अध्यक्ष राजेश्वर मरिक ,युवा नेता विनोद रोहिता,वडा सदस्य राम जीवन यादव ,मनिष गोइत ,महिला सदस्य लिलाबती देवी ,राम प्रताप साह,बिरेन्द्र गोढान,नारद यादव रहेको थियो।

सो कार्यक्रम शहिदनगर नगरपालिका वडा नं.८ पार्टी वडा अध्यक्ष जोगिन्द्र दास ,रामदेव साह,सरोज यादव ,राम अशिश मण्डल ,बिल्टु सल्हैता,लक्ष्मेश्वर यादव ,हरि प्रसाद यादव,उमेश यादव ,प्रहरी चौकी चोराकोयलपुर प्रहरी सहायक निरीक्षक राजेन्द्र प्रसाद यादव ,समाजवादी पार्टीको नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]