०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मृतक सादाको परिवारलाई सिडियो कणेलले गरे आर्थिक सहयोग

Logo
प्रकाशित बिहिबार, कार्तिक २१, २०७६

न्यूज मधेश,जनकपुरधाम।धनुषाको एक विद्यालयमा विद्यालय भवनको पर्खाल भत्किँदा एक छात्राको मृत्यू भएपछि धनुषा जिल्ला प्रमुख प्रदीप राज कनेलले पीडित परिवारलाई एक लाख सहयोग गरेको छ।

गत असोज ३० गते जनकनन्दिनी गाउँपालिका वडा नं. ४ स्थित रहेको उच्च मावि खजुरीमा विद्यालय भवनको पर्खाल भत्किंदा पढिरहेकै अवस्थामा त्यसमा च्यापिएर स्थानीय जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने राजकुमार सदाकी अन्दाजी बर्ष ७ की चँचला सदा उपर पर्खाल ढल्दा उनको मृत्यू भएको थियो ।

सिडियो कनेलले बुधबार पीडित परिवारलाई जिल्ला प्रशासन कार्यलयमै बोलाएर स्थानीय मनोज कुमार साहको रोहबरमा जिल्ला विपत व्यवस्थापन समितिको कोषबाट एक लाख रुपैया सान्तावना स्वरुप हस्तान्तरण गरेको छ।

स्थानीय साहको अनुसार केहि दिन अगाडि धनुषाको जनकनन्दनी गाउपालिका वडा नं.४ स्थित रहेको मुसहर समुदायको बस्तीमा असहाय संरक्षण मन्च नेपालले छैठ पुजाको अवसरमा लुगा वितरण कार्यक्रम सिडियो कणेलले एक लाख दिने घोषणा गरेका थियो।

साहले असहाय संरक्षण मन्च नेपालको उपाध्यक्ष समेत रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]