२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

आगलागी मुद्दामा फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक २१, २०७६

न्यूज मधेश,सिरहा। आगलागी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ का २३ वर्षीय ऋषिकेश साह रहेका छन् ।

साहले आगोलगाएको अभियोगमा सम्मानित जिल्ला अदालत सिरहाले उक्त मुद्दा फैसला भई ६ महिना कैद सजाय तोकेको थियो ।

ईलाका प्रहरी कार्यलय मिर्चैयाबाट गस्तीमा खटेको टोलिले आगलागी मुद्दामा फरार अभियुक्त साहले आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको प्रहरीले जानकारी दिए ।

उनलाई आज बिहिवार नै सम्मानित जिल्ला अदालत सिरहामा बुझाईएको प्रहरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]