०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

रास्ट्रपति भण्डारीले गरे नेपाली चलचित्र स्वर्णिम महोत्सवको उदघाटन

Logo
प्रकाशित बिहिबार, कार्तिक २१, २०७६

न्यूज मधेश,वीरगंज । चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्ने माध्यम भएको राष्ट्रपति विद्या देवी भण्डारीले बताउनु भएको छ।

वीरगंजको आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्नेमा माध्यम भएकोले यसमा समय सान्दर्भमा समय सापेक्ष तालिम र शिक्षा दिदै भौतिक पूर्वधारको विकास गर्दै जानु पर्ने वताउनु भएको हो ।

साथै कलाकारहरु राष्ट्रका जागरुप तथा महत्वपूर्ण प्रतिनिधि पात्र भएकाले समाजिक सहिष्णुता, शान्ति प्रवर्धन, पर्यटन विकास, पर्यावरणिय शन्तुलन र आर्थिक समृद्धिका सन्देश दुत बनेर समाजमा चेतना र जागरण फैलाउनु पर्ने वताउनु भयो ।

उदघाटन समारोहमा नेपाली चलचित्र स्वर्णिम सम्मानले प्रथम चलचित्र छांयाकार वैकुण्ट मास्के, प्रथम चलचित्र सम्पादक तिर्थलाल श्रेष्ठलाई राष्ट्रपति भण्डारीले समानित गर्नु भयो । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको अध्क्षतामा भएको कार्यक्रममा सुचना तथा संचार मन्त्री गोकुल प्रसाद बास्कोटा, प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी, वीरगंज महानगरपालिका मेयर विजय सरावगी, नेपाल उधोग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतको सहभागिता रहेको थियो ।

नेपाल चलचित्र निर्माता संघले आयोजनामा आज देखी सुरु भएको महोत्सव शनिबार सम्पन्न हुनेछ ।महोत्सवमा प्रस्तुती राख्न बलियुड सुपर स्टार गोबिन्दा आहुजा वीरगंज आएका हुन । उनले आज बेलुका ४ बजे देखी आफ्नो प्रस्तुती राख्नु भएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]