०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

लैंगिक हिंसा प्रभावित बस्तिहरुमा उजुरी प्रक्रियाबारे २ दिने अभिमुखिकरण कार्यक्रम सप्पन्न

Logo
प्रकाशित शुक्रबार, कार्तिक २२, २०७६

न्यूज मधेश,जनकपुरधाम।धनुषाको सहिदनगर नगरपालिका वडा नं.३ यदुकूहामा २ दिने लैंगिक हिंसा प्रभावित बस्तीहरुमा उजुरी प्रक्रियाबारे अभिमुखिकरण कार्यक्रम बिहिवार सप्पन्न भएको हो।

लैंगिक लैगिकता लैगिक विभेद ,लैंगिक हिसा के हो, लैंगिक हिसाका स्वरुप र हिसा कारणहरु र लैंगिक हिसाका असरहरु बारेमा महिला संजाल धनुषाको प्रतिनिधि सुभद्रा आलेले जानकारी दिए।

त्यसैगरी एड्भोकेसी फोरमका अध्यक्ष अधिवक्ता पवन कुमार झाले लैंगिक समानता सम्बन्धि संबैधानिक व्यवस्था,बालविवाह वहुविवाह,घरेलु ,महिलामाथी हुने हिंसा लैंगिकतामा आधारित हिंसाको सवालमा भएको कानुनी प्रावधान तथा नयाँ कानुनी ,कानुनि उपचार र उजुरी गर्ने निकाय बारे प्रष्ट पारेका थियो भने न्यायीक समितिका सल्लाहकार हलखोरी यादवले न्यायीक समितिको काम कर्तव्य र सेवाको विषयमा जानकारी दिएका हुन ।सो कार्यक्रममा ईलाका प्रहरी कार्यलय यदुकूहाको प्रहरी निरिक्षक दिपक बाबु केसीले लैंगिक हिंसा न्यूनीकरणमा शुरक्षा निकायको प्रभावकाली भुमिका तथा सेवा बारे जानकारी दिदै उनले अन्तिम शत्रमा एक छिन प्रहरीलाई बोलाएर यो सेसन संचालन गर्ने गरेका थियो।

समग्र जन उत्थान केन्द्र लाहन,भिएसओ ,इन्टरनेसनल अलर्टको सहयोगमा भएको कार्यक्रमलाई व्यवस्थापन र सहजीकरण बलिराम कापरीले गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]