३० फाल्गुण २०८१, शनिबार
15-03-2025 , Sat
×

यसरी मनाइयो हरिबोधिनी एकादशी

Logo
प्रकाशित शुक्रबार, कार्तिक २२, २०७६

न्यूज मधेश,काठमाडौँ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाआजा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ ।औषधीय गुणले युक्त तुलसी मानवजीवनका लागि उपयोगी रहेको तथ्य आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

ऋषिमुनिले वन जङ्गलमा वनस्पतिका रूपमा तुलसीको अनुसन्धान गरी उपयोगी भएपछि पूजाआजाको रीत बसालेको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।धेरै रोगमा औषधिको काम गर्ने तुलसी रोपिएको वरपर मलेरियाका जीवाणुसमेत नआउने वैज्ञानिक मत छ । आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ ।

आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बसेका थिए । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।आषाढ शुक्ल एकादशीदेखि पूजाआजा शुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको गौतमले जानकारी दिनुभयो । चार महिना अघिदेखि क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ ।

आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको थियो ।बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको थियो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा टाढाबाट पनि भक्तजन सवारीसाधन ‘रिजर्भ’ गरेर चार नारायणको पूजाआजा एवं दर्शन गर्न आएका थिए । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास छ ।बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूलो ढुङ्गामा स्थापना गरिएको छ ।

मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिनुभयो । नाराययणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरेको उहाँले बताउनुभयो । बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्ल पूर्णिमा अर्थात् कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ । नेपाल भ्रमण वर्षमा बूढानीलकण्ठको प्रचारप्रसार गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने मेलामा आउनुभएकी रामकुमारी थापाले बताउनुभयो ।

यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको थियो । हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँको नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाले सार्वजनिक बिदा दिएका थिए ।बूढानीलकण्ठ र इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भएकाले दुवै नगरपालिकाले नगरभर सार्वजनिक बिदा दिएका हुन् । देशभरका नारायण मन्दिरमा पनि दिनभर भक्तजनको भीड लागेको थियो । (रासस)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]