२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

सुस्तमनस्थीती र डिप्रेसनका बच्चाहरुको व्यवस्थापनबारे यूनिसेफका टोलीसगं छलफल

Logo
प्रकाशित शनिबार, कार्तिक २३, २०७६

न्यूज मधेश,वीरगन्ज।पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र यूनिसेफाका टोलीबिच मांसिक कमजोर भएको बच्चाहरुको व्यवस्थापनबारे छलफल भएको छ ।

नगर प्रमुख सरावगीको कार्यकक्षमा शुक्रबार दिउसो महानगरपालिकामा रहेका सुस्तमनस्थीती एवम कुनै कारण बस डिप्रेशनमा रहेका बच्चाहरुको पहिचान गरि उनीहरुको उपचार सहितको व्यवस्थापन बारे छलफल भएको हो ।

कान्तिबाल अस्पतालका डा अरुणराज कुवर,यूनिसेफका वीरेन्द्र प्रधान,लता बज्रचार्य,प्रदिप कुमार श्रेष्ठ र घन्श्याम कन्डेल सहितको टोलीसगं महानगरपालिकामा रहेका कमजोर मनस्थीती एवम डिप्रेशनमा परेका बच्चाहरुको व्यवस्थापनको लागी अभियानकै रुपमा अगाडि बढने छलफलमा निर्णय भएको महानगरपालिका स्वास्थ्य एवम समाजिक शाखाका प्रमुख अरुण कुमार महतोले बताउनु भयो।

उहाले महानगरपालिका कार्यालयले महानगरपालिका भित्र रहेका त्यसता बच्चाहरुको पहिचान र समन्वयका लागी स्वास्थ्य महाशाखाबाट एक जना कर्मचारीलाई खटाइने छलफलमा निर्णय भएको महतोले बताउनु भयो ।

महानगरपालिकाका कर्मचारीले यूनिसेफसगं समन्वय गर्दै महानगरपालिलेअन्तर्गतका रहेका बालचिकित्सकहरुको सहयोगमा उक्त अभियानलाई अगाडि बढाउने यूनिसेफसगं छलफलमा निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]