१५ कार्तिक २०८२, शनिबार
01-11-2025 , Sat
×

लहानमा भव्यताका साथ मोहम्मद जयन्ती मनाइयो

Logo
प्रकाशित आइतबार, कार्तिक २४, २०७६

फिरोज शेख, लहान।ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म दिन भव्यता पुर्वक आज मनाइएको छ।

ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको १२ तारिख आइतबारका दिन मुलुकको समृद्धिको कामना गर्दै लहानमा पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव ” मोहम्मद–डे ” हर्षोल्लासका साथ हजारौ मुस्लिम समुदायहरुको उपस्तिथिमा मनाएका छन् ।

‘आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा’ भन्ने नाराका साथ सिरहा लहानका मुस्लिम समुदायहरुले शान्ति पदयात्रा ¥याली निकाली लहान नगरपालिका परिक्रमा गर्दै बारवी रविउलअव्वल पर्व ‘मोहम्मद–डे’ मनाएको युथ मुस्लिम वेलफेयर सोसाइटी लहानका अध्यक्ष मोहम्मद इसराइल सिद्दिकीले जानकारी दिए।

मुस्लिमसमुदायको अन्तिम धर्म प्रवक्ताको रुपमा रहेको पैगमवर मोहमम्दको १४ सय ९४ औं जन्मदीनको अवसरमा हजारौको संख्यामा उपस्थित सिरहाका मुस्लिम समुदायहरु विभिन्न नाअत शरिफ वाचन तथा उनका उपदेश र वाणीहरुको स्मरण गर्दै पैगम्बरको नाराका साथै हर्षोल्लासपूर्वक जन्मोत्सव मनाइएको अध्यक्ष सिद्दिकीले जानकारी दिए । ¥याली विहान १० बजे लहान ५ स्थित नयाँ बजारबाट शुरुभई लहानका विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएको अध्यक्ष सिद्दिकीले जानकारी दिए। ¥यालीमा सहभागीहरूले प्लेकार्ड, धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित जन्मोत्सवको खुसीयालीमा नारा लगाएका थिए ।

पदयात्रामा लहान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारी,नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य अब्दुल करिम,वडा नम्बर १८ का अध्यक्ष मोहम्मद शमशेर ,लायन्स कल्वका तथा लहान सिटि जेसिजका पुर्व अध्यक्ष रियासत लिमि ( मुन्ना ),शेख मिडिया हाउस प्रालिका संचालक फिरोज शेख , स्मृद्धिपथ दैनिक पत्रिकाका सम्पादक फिरोज सिद्दिकी, मुस्लिम समुदायका अगुवाहरु मोहम्मद मुस्तफा ,मोहम्मद मख्बुल ,भोजे मिया,मोहम्मद इसाक , मोहम्मद नियमुद्दीन ,फैज आलम, विभिन्न मदरसा बाट पाल्नु भएका धर्मगुरु, युवा ,महिला ,छात्रछात्रा लगायत हजारौ मुस्लिम जनसमुदायको उपस्तिथी रहेको थियो। यसै बीच ¥याली लाई व्यवस्थित र शान्ति ,सुरक्षा प्रदान गर्न ईलाका प्रहरी कार्यलयका डिएसपी भेषराज रिजालको कमान्डमा खटिएका नेपाल प्रहरी, सशत्र प्रहरी वेसक्याम बाट डिएसपी अर्जुन सापकोटाको कमान्डमा खटिएका सशत्र प्रहरी जवान लगायत बाटो व्यवस्थित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान बाट खटिएका ट्राफिक प्रहरीहरुको बाक्लो उपस्तिथी रहेको थियो। ¥याली लाई व्यवस्थित र शान्ति ,सुरक्षा प्रदान गर्न खटिएका सम्पूर्ण प्रहरीहरु लाई युथ मुस्लिम वेलफेयर सोसाइटी लहानका अध्यक्ष मोहम्मद इसराइल सिद्दिकीले कार्यक्रम सफल बनाउन खेल्नु भएको भूमिकाको कदर गदै धन्यवाद ज्ञापन गरेका छन्।

मुस्लिम समुदायका मानिसहरुले हिजो ११ तारिखका दिन राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई झकिझकाउ बनाइ मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन) र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्यहरु समेत गरेका छन्। विश्वभरीकै मुस्लिम समुदायले आजकै दिन बारबी रविउलऔव्वल पर्व भव्यताका साथ् मनाउदै आइरहेका छन् । यसै बीच ‘मोहम्मद–डे’ को अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा समेत दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]