१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

रक्सोल नाका बन्द गर्नुपर्ने दबाब

Logo
प्रकाशित सोमबार, कार्तिक २५, २०७६

न्यूज मधेश,पर्सा।भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी -आईसीपी- पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ ।

भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरुसँग छलफल गर्न पत्राचार गरेको छ। भारत सरकारले आईसीपी पूर्ण रूपमा सञ्चालनमा ल्याएर रक्सोल नाका बन्द गर्ने व्यहोराको पत्राचार गरेपछि रक्सोलबाट वीरगन्जको इनर्वास्थित साबिकको भन्सार हुँदै ढुवानी हुने डर्टी कार्गोका आयातकर्ताहरूलाई भने तनाव भएको छ ।

इन्धन र रेलबाट आउने फलाम, डर्टी कार्गोहरूकोइला,जिप्सन, फ्लाएस, स्लेगलगायत मालसामानरक्सोलबाट नै ढुवानी हुँदै आएको छ । फलाम बाहेकका सबै सामान सिमेन्ट उद्योगमा प्रयोग गरिने कच्चा पदार्थहरू हुन् । सिमेन्ट उद्योगमा प्रयोग गर्ने कच्चा पदार्थ मध्य क्लिंकर भने सन् २०१८ डिसेम्बर २२ तारिकदेखि रक्सोल नाकामा अनलोड गर्न रोक लगाएको छ ।

भारतले रक्सोल स्टेसनमा रोक लगाएपछि भारतकै मुज्जफरपुरको नारायणपुरबाट ट्रकमा ढुवानी गर्दै आएकोमा अहिले भने आयात रोकिएको छ ।अन्य डर्टी कार्गोहरू भने रक्सोलबाटै आउने गरेको छ । अब यसलाई पनि आईसीपीबाटै आयात गर्नुपर्ने बध्यात्मक अवस्थाको सिर्जना हुने भएपछि आयातकर्ताहरू चिन्तित भएका हुन् ।

उनीहरूको मुख्य चिन्ता भने सीमापारी भारततर्फको सडकको अवस्था नै हो । रक्सोलस्थित कार्गो अनलोड गर्ने रेलवे स्टेसन (साइडिङ)बाट आईसीपीसम्म जोड्ने सडक स्तरीय नहुँदा त्यहाँबाट कार्गो ढुवानीमा समस्या हुने उनीहरूको भनाई छ । दुवैदेशको भन्सार प्रणालीमा एकरूपता ल्याउनका लागि भारत सरकारले नै निर्माण गरिदिएको आईसीपीबाट ल्याउनुपर्ने अस्थाको सृजना भएको छ ।

भारतर्फको रक्सोल नाकालाई बन्द गरी सबै आयात आईसीपीबाट नै गर्नुपर्ने भएपछि आयातकर्ताहरू चिन्तामा छन् । रक्सोलबाट आईसीपीसम्म जाने सडक जोड्ने बाईपाससम्म पहुँच मार्ग नहुनु, साँघुरो सडक, चर्को शुल्क, क्षेत्र विस्तारमा अलमलसँगै पूर्वाधार अभाव, नीतिगत अवरोधका कारणले पनि डर्टी कार्गो आयातकर्ताहरूलाई समस्या हुने भएको छ ।

अहिले भने रक्सोल स्टेसनमा आइपुगेका मालसामानलाई लक्ष्मीपुर हर्दिया हुँदै लैजानु पर्दा १५ किमि अतिरिक्त दूरी पार गर्नुपर्छ । रेलमार्फत रक्सोल आउने कोइला, आइरनओर, फलामजस्ता कार्गोको ढुवानी सम्पर्क सकडको अभावमा आईसीपी जान नसकेको वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।

रक्सोलस्थित भारतीय रेलवेको यार्डमा आइपुग्ने सामान त्यहाँबाट आईसीपीसम्म जान पहुँचमार्ग छैन। रेलवेको रक्सोल स्टेसनमा आइपुगेका सामान आईसीपीसम्म पु¥याउन रक्सोल सहरभित्रैबाट लैजानुपर्ने हुन्छ।उनले भने, “रेलवे स्टेसनको पश्चिम गेटको ढोकादेखि भारततर्फको आईसीपीसम्म आउने राजमार्गलाई जोड्ने सहायक सडक ७ सय ५० मिटरमात्रै रहेको छ । तर, यसको स्तरोन्नति भएको छैन ।

अहिले भारत सरकारले योजनामा पारेर निर्माण सुरु गरेको छ । अहिले नै तत्काल सम्पन्न हुने अवस्था भने छैन । हमीले सडक फराकिलो पारेपछि मात्रै सबै आयात आईसीपीबाट ल्याउने व्यावस्था मिलाउन भनेका हौं ।”सडकको पहुँच नहुँदै आईसीपीमा सार्ने कुराले उद्योग वाणिज्य संघले भने असन्तुष्टी जनाएको छ ।

सहायक सडक निर्माण सम्पन्न नहुँदै भारत सरकारको ल्याण्ड पोर्ट अथोरिटीले उक्त सडकबाट ओसार पसार गर्न सकिने भन्दै भारतीय सरकारलाई पात्राचार गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त सडकबाट कुनैपनि सामान ढुवानी नगर्न अनुरोध पनि गरेको छ । भारतीय पक्षले नेपालतर्फ भने कुनै औपचारिक जानकारी गराएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]