१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

विद्यालय भवनको शिलान्याश कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, कार्तिक २५, २०७६

न्यूज मधेश,पर्सा।सुफ्फह आयडियल एकेडमी –इस्लामिक विद्यालयको नयाँ भवनको शिलान्याश बीरगंज महानगरपालिकाको वडा नं. १४ स्थित बहुअरीमा भएको छ ।

शिलान्याश कार्यक्रमका प्रमुख अतिथि नेकपा बीरगंजका महानगर अध्यक्ष कमरेड रहबर अन्सारीले सकारात्मक सोचका साथ आफनो बालबालिकाहरुलाई पढाऔ जो देशका असल नागरिक बन्न सकोस भने अभिभावक र शिक्षकहरु तथा व्यवस्थापन पक्षलाई सुझाएका थिए साथै बिना शिक्षाको देश विकाशमा कुनै सहयोग हुन सक्दैन त्यसैले अभिभावक तथा शिक्षकहरुलाई आफ्नो डियुटी मात्र नबुझेर असल नागरिक बनाउनमा सहयोग गर्न बताएका थिए ।

त्यसैगरि इस्लामि संघ नेपालका पर्सा जिल्ला अध्यक्ष जमिल अख्तरले इस्लामि शिक्षा बारे प्रकाश पार्दै आजको युगमा आधुनिक शिक्षाको पनि त्यति नै आवश्यक्ता छ त्यसैले हामी इस्लामिक शिक्षा र सरकारी स्तरका शिक्षालाई समावेश गरिएको व्यहोरा जानकारी गराएका थिए ।

उक्त शिलान्याश कार्यक्रम कुरानको पाठबाट शुरु गरेर विद्यार्थीहरुले इस्लामीक तराना सहित राष्ट्रिय गान पनि गाएका थिए भने इस्लामि संघ नेपाल तथा अलहेरा एजेकेशन सोसायटीका सदस्य भोला मिया अन्सारीको अध्यक्षता रहेको थियो । जसमा इस्लामी संघ नेपालका प्रदेश अध्यक्ष मुज्तुबा अन्सारी, सुफ्फह आइडियलका संस्थापक अध्यक्ष डा मुजतबा अन्सारी, अलहेरा एजुकेशन सोसायटीका पर्साका ई. नुरुलहोदा आलम, समाजसेवी ग्यासुदिन मिया, इजहार अन्सारी, इजराइल अन्सारी, वडा नं. १४ का वडा सदस्य रफिक अन्सारी, अब्दुल रउफ अन्सारी, पत्रकार एसएम जहाँगस्त, कन्सट्रक्सन कम्पनीका मैनेजर दिलिप कुमार श्रीवास्तव, राम भजन गुप्ता लगायत शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
अलहेरा एजुकेशनल सोसायटीको मातहतमा रहेका सुफफह आयडियल स्कूलको भवन निर्माणको लागि करिब २ करोड २४ लाख आर्थिक सहयोग इस्लामिक डेभलप्मेन्ट बैंक, सउदी अरबीयाले गरेको हो भने कार्यक्रमको सहजीकरण मोलाना अशरफ फलाहीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]