१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

विद्यालय भवनको शिलान्याश कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, कार्तिक २५, २०७६

न्यूज मधेश,पर्सा।सुफ्फह आयडियल एकेडमी –इस्लामिक विद्यालयको नयाँ भवनको शिलान्याश बीरगंज महानगरपालिकाको वडा नं. १४ स्थित बहुअरीमा भएको छ ।

शिलान्याश कार्यक्रमका प्रमुख अतिथि नेकपा बीरगंजका महानगर अध्यक्ष कमरेड रहबर अन्सारीले सकारात्मक सोचका साथ आफनो बालबालिकाहरुलाई पढाऔ जो देशका असल नागरिक बन्न सकोस भने अभिभावक र शिक्षकहरु तथा व्यवस्थापन पक्षलाई सुझाएका थिए साथै बिना शिक्षाको देश विकाशमा कुनै सहयोग हुन सक्दैन त्यसैले अभिभावक तथा शिक्षकहरुलाई आफ्नो डियुटी मात्र नबुझेर असल नागरिक बनाउनमा सहयोग गर्न बताएका थिए ।

त्यसैगरि इस्लामि संघ नेपालका पर्सा जिल्ला अध्यक्ष जमिल अख्तरले इस्लामि शिक्षा बारे प्रकाश पार्दै आजको युगमा आधुनिक शिक्षाको पनि त्यति नै आवश्यक्ता छ त्यसैले हामी इस्लामिक शिक्षा र सरकारी स्तरका शिक्षालाई समावेश गरिएको व्यहोरा जानकारी गराएका थिए ।

उक्त शिलान्याश कार्यक्रम कुरानको पाठबाट शुरु गरेर विद्यार्थीहरुले इस्लामीक तराना सहित राष्ट्रिय गान पनि गाएका थिए भने इस्लामि संघ नेपाल तथा अलहेरा एजेकेशन सोसायटीका सदस्य भोला मिया अन्सारीको अध्यक्षता रहेको थियो । जसमा इस्लामी संघ नेपालका प्रदेश अध्यक्ष मुज्तुबा अन्सारी, सुफ्फह आइडियलका संस्थापक अध्यक्ष डा मुजतबा अन्सारी, अलहेरा एजुकेशन सोसायटीका पर्साका ई. नुरुलहोदा आलम, समाजसेवी ग्यासुदिन मिया, इजहार अन्सारी, इजराइल अन्सारी, वडा नं. १४ का वडा सदस्य रफिक अन्सारी, अब्दुल रउफ अन्सारी, पत्रकार एसएम जहाँगस्त, कन्सट्रक्सन कम्पनीका मैनेजर दिलिप कुमार श्रीवास्तव, राम भजन गुप्ता लगायत शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
अलहेरा एजुकेशनल सोसायटीको मातहतमा रहेका सुफफह आयडियल स्कूलको भवन निर्माणको लागि करिब २ करोड २४ लाख आर्थिक सहयोग इस्लामिक डेभलप्मेन्ट बैंक, सउदी अरबीयाले गरेको हो भने कार्यक्रमको सहजीकरण मोलाना अशरफ फलाहीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]