२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याचको दीक्षान्त कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, कार्तिक २५, २०७६

न्यूज मधेश,जनकपुरधाम।राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याचको दीक्षान्त कार्यक्रम गोरखामा सम्पन्न भएका छ्न।अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिस (आइपिजे), स्वीस सरकार विकास सहयोग (एसडिसी) र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा एक वर्षे कार्यक्रम सञ्चालन भएको हो।

गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लमिछाने, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान, युनिभर्सिटी अफ सान डिएगोअन्तर्गत आइपिजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थ, नेपालस्थित स्वीस राजदूतावासका राजनीतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बास्कोटा, आइपिजेको नेपाल साझेदार लिडरशीप एकेडेमीका अध्यक्ष सन्तोष साहलगायतको उपस्थितिमा सहभागीलाई प्रमाणपत्र तथा ब्याच वितरण गरिएको थियो।

गोरखा नगरपालिकाका मेयर पन्तले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ऐतिहासिक स्थल गोरखामा आयोजित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानले भिन्न, भूगोल, आस्था, वर्ग, लिंगका व्यक्तिहरुबीचको अन्तरक्रिया नै राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम भएको बताउँदै कार्यक्रम सार्थक भएको बताए।

आइपिजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थले आइपिजेले नेपालको शान्ति प्रक्रियामा सुरुआतदेखि नै काम गरिरहेको जानकारी दिँदै राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम पनि त्यसैको निरन्तरताको रुपमा सञ्चालन गरिएको जनाए। दुई वर्षमा ४५ भन्दा बढी जिल्लाका ५२ जना युवा नेतृत्व दीक्षित भइसकेको जानकारी दिँदै उनले सन् २०२० मा पनि कार्यक्रम निरन्तर रहने बताए।

एसडिसीकी राजनीतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बास्कोटाले नेपाल केन्द्रशासित शासन व्यवस्थाबाट संघीयतातिर गइरहेको बेला सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम समयसापेक्ष रहेको जनाइन। दीक्षान्त हुनेहरू मा प्रदेश न. २. बाट यूनाइटेड मधेशी का संस्थापक अध्यक्ष संजय यादव राजापा पार्टी का केंद्रीय सदस्य अनिल महासेठ र राजपा युवा को अध्यक्ष रंजीत सिंह, बालबालिका को छेत्रमा काम गरिरहेका सामाजिक अभियानमा मुकेश साह लगायत महिला सामाजिक अभियंता गूंजा राय र सोनी महतो हुन्!

सन् २०१९ को यस शैक्षिक सत्रको शुभारम्भ प्रदेश नम्बर ५ को नेपालगन्जमा भएको थियो। त्यसपछि तीन–तीन महिनाको अवधिमा काठमाडौं, कास्की र गोरखामा कार्यक्रम सञ्चालन गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]