०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याचको दीक्षान्त कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, कार्तिक २५, २०७६

न्यूज मधेश,जनकपुरधाम।राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याचको दीक्षान्त कार्यक्रम गोरखामा सम्पन्न भएका छ्न।अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिस (आइपिजे), स्वीस सरकार विकास सहयोग (एसडिसी) र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा एक वर्षे कार्यक्रम सञ्चालन भएको हो।

गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लमिछाने, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान, युनिभर्सिटी अफ सान डिएगोअन्तर्गत आइपिजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थ, नेपालस्थित स्वीस राजदूतावासका राजनीतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बास्कोटा, आइपिजेको नेपाल साझेदार लिडरशीप एकेडेमीका अध्यक्ष सन्तोष साहलगायतको उपस्थितिमा सहभागीलाई प्रमाणपत्र तथा ब्याच वितरण गरिएको थियो।

गोरखा नगरपालिकाका मेयर पन्तले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ऐतिहासिक स्थल गोरखामा आयोजित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानले भिन्न, भूगोल, आस्था, वर्ग, लिंगका व्यक्तिहरुबीचको अन्तरक्रिया नै राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम भएको बताउँदै कार्यक्रम सार्थक भएको बताए।

आइपिजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थले आइपिजेले नेपालको शान्ति प्रक्रियामा सुरुआतदेखि नै काम गरिरहेको जानकारी दिँदै राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम पनि त्यसैको निरन्तरताको रुपमा सञ्चालन गरिएको जनाए। दुई वर्षमा ४५ भन्दा बढी जिल्लाका ५२ जना युवा नेतृत्व दीक्षित भइसकेको जानकारी दिँदै उनले सन् २०२० मा पनि कार्यक्रम निरन्तर रहने बताए।

एसडिसीकी राजनीतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बास्कोटाले नेपाल केन्द्रशासित शासन व्यवस्थाबाट संघीयतातिर गइरहेको बेला सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम समयसापेक्ष रहेको जनाइन। दीक्षान्त हुनेहरू मा प्रदेश न. २. बाट यूनाइटेड मधेशी का संस्थापक अध्यक्ष संजय यादव राजापा पार्टी का केंद्रीय सदस्य अनिल महासेठ र राजपा युवा को अध्यक्ष रंजीत सिंह, बालबालिका को छेत्रमा काम गरिरहेका सामाजिक अभियानमा मुकेश साह लगायत महिला सामाजिक अभियंता गूंजा राय र सोनी महतो हुन्!

सन् २०१९ को यस शैक्षिक सत्रको शुभारम्भ प्रदेश नम्बर ५ को नेपालगन्जमा भएको थियो। त्यसपछि तीन–तीन महिनाको अवधिमा काठमाडौं, कास्की र गोरखामा कार्यक्रम सञ्चालन गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]