१३ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

कमलामा भुत मेला (फोटो फिचर)

Logo
प्रकाशित मंगलबार, कार्तिक २६, २०७६

न्यूज मधेश,जनकपुरधाम।धनुषा र सिरहा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य भुत मेला लाग्यो। कात्र्तिक शुक्ल पुुर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका साथ आज मेला लागेको हो।

मेलाको अवसरमा धनुषा, महोत्तरी, सिरहा,सप्तरी, उदयपुर र सिमाबर्ती भारतको मधुबनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका लाखाौ‌ मानिस सिरहा र धनुषा स्थित कमला नदीमा स्नान गरेका छन्। धामी झाक्री बन्ने विश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देबीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास छ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्। मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ। मिथिलामा सदियौदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ।

स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ। आफनो गाउँमा धामीहरुलाई डोर्‍याएर कमला र गंगासागर स्नान गर्न ल्याएका सिरहाका धामी रामप्रसाद यादव शरिरमा देउता चढ्नेहरुलाई यहाँ ल्याउने गरिएको बताउँछन्।

तराईमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ। पवित्र नदीमा प्रथम स्नान गर्ने धामी झाक्रीसँग आशिष थाप्ने श्रद्धालुहरुको संख्या पनि उल्लेखनीय रहने गरेका छन्। देउता खेल्दै आएका महिला पुरुषहरु कमला नदीमा स्नान गरी घर फर्किन्छन्। मुख्यतः ग्रामीण भेगका अशिक्षितका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुको संख्या ठूलो रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]