११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

कार्यलय सहयोगी कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २६, २०७६

न्यूज मधेश,कैलाली।जिल्लाको मोहन्याल गाउँपालिका वडा नं.५ का वडाध्यक्ष छविलाल हौजालीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् । पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उहाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिएका छ्न ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख भट्टले बताएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]