१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

कंचनपुरमा समाचकेबा महोत्सव सम्पन्न

Logo
प्रकाशित मंगलबार, कार्तिक २६, २०७६

देवराम यादव,सप्तरी।थारु महिला समाज कंचनपुरको आयोजनामा समाचकेबा महोत्सव एक समारोह विच कंचनपुरमा मंगलबार सम्पन्न भएको छ।

महोत्सवको प्रमुख अतिथिको आसनबाट उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले समाचकेवा पर्व थारु मधेशी समुदायले मनाउने गरेको बताउनु भयो ।
यो पर्व भाईबहिनीको प्रेम र समाजिक एकताको पर्व रहेको चर्चा गर्दै यसको संस्कृतिको जगेर्नाको साथै संरक्षण गर्न सरकारप्रतिबद्घ रहेको बताउनु भयो । अहिले संस्कृतिकको नाममा विकृति फैलिएकोले यस तर्फ सचेत रहन समेत आग्रह गर्नुभयो ।
अहिले खुलापनको नाममा छाडापन रोक्नलाई समाजका अगुवाहरुले ध्यान दिनुपर्ने बताउनु भयो । संस्कृति बिना मानव जाती अगाडी बढन नसक्ने बताउँदै उत्पीडनमा परेका समुदायहरु आफनो अधिकार प्राप्तीको लागी अगाडी बढनुपर्ने बताउनु भयो ।

संस्कृतिलाई अधिकारसँग जोडेर आफनो संस्कृतिको संरक्षण र जगेर्ना गर्न अगुवाहरुले भुमिका खेल्नुपर्ने बताउनु भयो । पछाडी परेका समुदायका महिलाहरुलाई जनचेतनाको साथै शिक्षादिक्षामा समेत ध्यान पुर्याउन आग्रह गर्नुभयो ।
समाचकेवा पर्व मुलुकमा अहिले राष्ट्रिय एकताको खाचो रहेकोले यस तर्फ सम्पूर्ण नेपालीहरु एकबद्घ भएर राष्ट्रिय एकताको प्रदर्शन गर्न जरुरी रहेको बताउनु भयो ।
मन्त्री यादवले जग हसाउने काम पार्टीका नेतृत्व पंक्तीबाट भएकोले जनताको पार्टी बनाउन नेतृत्व सँग आग्रह गर्नु भयो । पार्टीमा देखिएको हेकमवादी प्रवृतिलाई समाप्त पारेर व्यक्तिको पार्टी बनाउनेहरुले जनताको पार्टी बनाउन उहाँले आग्रह गर्नुभयो ।
पार्टीलाई विधान अनुसार संचालन गर्न आग्रह गर्दै पार्टीलाई एकताद्घ बनाउन सवैमा आग्रह गर्नुभयो । कार्यक्रम सिताचौधरीको अध्यक्षतामा सम्पन्न महोत्सवमा कृषि तथा पशुपंक्षी राजमन्त्री रामकुमारी चौधरी, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, कृष्णाशवरण गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, स्थानिय समाजसेवी जवाहरलाल चौधरी लगायतले समाचकेवा पर्वको महत्वको बारेमा आ–आफनो विचार व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]