२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

कंचनपुरमा समाचकेबा महोत्सव सम्पन्न

Logo
प्रकाशित मंगलबार, कार्तिक २६, २०७६

देवराम यादव,सप्तरी।थारु महिला समाज कंचनपुरको आयोजनामा समाचकेबा महोत्सव एक समारोह विच कंचनपुरमा मंगलबार सम्पन्न भएको छ।

महोत्सवको प्रमुख अतिथिको आसनबाट उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले समाचकेवा पर्व थारु मधेशी समुदायले मनाउने गरेको बताउनु भयो ।
यो पर्व भाईबहिनीको प्रेम र समाजिक एकताको पर्व रहेको चर्चा गर्दै यसको संस्कृतिको जगेर्नाको साथै संरक्षण गर्न सरकारप्रतिबद्घ रहेको बताउनु भयो । अहिले संस्कृतिकको नाममा विकृति फैलिएकोले यस तर्फ सचेत रहन समेत आग्रह गर्नुभयो ।
अहिले खुलापनको नाममा छाडापन रोक्नलाई समाजका अगुवाहरुले ध्यान दिनुपर्ने बताउनु भयो । संस्कृति बिना मानव जाती अगाडी बढन नसक्ने बताउँदै उत्पीडनमा परेका समुदायहरु आफनो अधिकार प्राप्तीको लागी अगाडी बढनुपर्ने बताउनु भयो ।

संस्कृतिलाई अधिकारसँग जोडेर आफनो संस्कृतिको संरक्षण र जगेर्ना गर्न अगुवाहरुले भुमिका खेल्नुपर्ने बताउनु भयो । पछाडी परेका समुदायका महिलाहरुलाई जनचेतनाको साथै शिक्षादिक्षामा समेत ध्यान पुर्याउन आग्रह गर्नुभयो ।
समाचकेवा पर्व मुलुकमा अहिले राष्ट्रिय एकताको खाचो रहेकोले यस तर्फ सम्पूर्ण नेपालीहरु एकबद्घ भएर राष्ट्रिय एकताको प्रदर्शन गर्न जरुरी रहेको बताउनु भयो ।
मन्त्री यादवले जग हसाउने काम पार्टीका नेतृत्व पंक्तीबाट भएकोले जनताको पार्टी बनाउन नेतृत्व सँग आग्रह गर्नु भयो । पार्टीमा देखिएको हेकमवादी प्रवृतिलाई समाप्त पारेर व्यक्तिको पार्टी बनाउनेहरुले जनताको पार्टी बनाउन उहाँले आग्रह गर्नुभयो ।
पार्टीलाई विधान अनुसार संचालन गर्न आग्रह गर्दै पार्टीलाई एकताद्घ बनाउन सवैमा आग्रह गर्नुभयो । कार्यक्रम सिताचौधरीको अध्यक्षतामा सम्पन्न महोत्सवमा कृषि तथा पशुपंक्षी राजमन्त्री रामकुमारी चौधरी, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, कृष्णाशवरण गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी, स्थानिय समाजसेवी जवाहरलाल चौधरी लगायतले समाचकेवा पर्वको महत्वको बारेमा आ–आफनो विचार व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]