०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

प्रदेश सरकारले चलाएको बेटी पढाउ-बेटी बचाउ अभियान प्रति अमेरिकी सरकारले चासो

Logo
प्रकाशित बुधबार, कार्तिक २७, २०७६

न्यूज मधेश,जनकपुरधाम।प्रदेश नं. २को सरकारले संचालनमा ल्याएको महत्वाकाँक्षी कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियान प्रति अमेरिकी सरकारले चासो व्यक्त गरेका छन ।

प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदुत ¥याण्डी बेरीले आफै जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई छुट्टाछुट्टै भेटे पछि कार्यक्रममा सहयोग गर्ने उत्सुकता देखाएका हुन ।

तीन दिन देखी जनकपुरमा रहेको राजदुत बेरी सहितको टोलीले बेटी पढाउ, बेटी बचाउको टोली संग छलफल गर्दै सहयोग गर्ने उत्सुकता देखाएको कार्यक्रमका संयोजक प्रियंका यादवले जनाएका छन ।

प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एक सय सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, करिब ५ हजार नवजात छोरीहरुको विमा , महिलाहरुको लागि लोक सेवा कक्षाको तैयारी जस्ता बहुआयमिक कार्यक्रमहरु संचालन गरि रहेका छन ।

उक्त कार्यक्रमहरुमै अमेरिकी दुतावासले सहयोगगर्ने इच्छा व्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]