१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जनमत पार्टीबाट पिपरा गाउपालिका अध्यक्ष पदमा मण्डल

Logo
प्रकाशित बुधबार, कार्तिक २७, २०७६

न्यूज मधेश,जलेश्वर।महोत्तरी जिल्लाको पिपरा गाउपालिका अध्यक्ष पदका लागी डा सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार घोषणा गरेको छ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्षका लागि जनमत पार्टीले अञ्जली देवी मण्डललाई उम्मेदवार बनाएको हो ।

डा.राउतले जनमतको चुनाव चिन्ह लाउडस्पिकर (हर्न) छापमा मतदान गरी मण्डललाई विजयी बनाउन सामाजिक सञ्जालबाट आह्वान गरेका छन् ।

पिपरा गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित विनोद चौधरीको निधनपछि नयाँ अध्यक्षका चुनाव हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]