०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

प्रदेश २ का मुख्यमन्त्री लालबाबु अमेरिका जाँदै

Logo
प्रकाशित बुधबार, कार्तिक २७, २०७६

न्यूज मधेश,जनकपुरधाम।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज (बुधबार) अमेरिका प्रस्थान गर्दैछन्।

एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) कोे साधारणसभामा भाग लिन प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झासहित उनी अपराह्न ३ बजे अमेरिकाका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता झा मंगलबार नै काठमाडौं पुगिसकेका छन्।

एन्टा अमेरिकामा बस्ने मधेसी मूलका नागरिकको संस्था हो। लामो प्रयासपछि कूटनीतिक राहदानी पाएका मुख्यमन्त्री राउत अमेरिका जान लागेका हुन्। एन्टाको कार्यक्रममा सरिक भएर मुख्यमन्त्री राउत मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]