१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

विद्यालयमा जातीय प्रभावसंगै गैरजिम्मेवार अभिभावक

Logo
प्रकाशित बिहिबार, कार्तिक २८, २०७६

प्रतिमा कुमाल,चितवन।देवज्योती निम्न माध्यमिक विद्यालय व्यवस्थापक समितिका अध्यक्ष विष्णु कुमार शर्माले देवज्योतीलाई दलीत समुदायको विद्यालय हो भन्दा फरक नपर्ने बताउनु भएको छ ।

भरतपुर महानगरपालिका ६ देवनगरमा रहेको यस विद्यालयमा १ सय ८० विध्यार्थी रहेकोमा एक जनामात्र ब्राहमण परिवारका रहेका छन् । जो सोही विद्यालयका अंग्रेजी विषयका शिक्षक गोविन्द न्यौपानेका छोरा रहेको अध्यक्ष शर्माले बताउनु भयो । ६० प्रतिशत ब्राहमण समुदाय रहेको सो क्षेत्रमा ४० प्रतिशत दलीत समुदायका व्यक्तिहरुको बसोबास रहेको छ ।

समाज आधुनिकिकरण तर्फ अगाडि बढेपनि देवनगरमा जातीय समस्या भने अझै रहेको देखिएको छ । जातीय कारणले नै गर्दा अनन्य समुदायका बालबालिका विद्यालयमा भर्ना हुँन नआएको भान भएको देवज्योतीका प्रधानाध्यापक हेमराज शर्माले बताउनु भयो । ३ कक्षा सम्म अंगे्रजी माध्यमबाट अध्ययन हुँने यस विधालयमा ९ जना सरकारी दरबन्दी र ४ जना निजि स्रोतका शिक्षकहरु रहेका छन् । २०१७ सालमा स्थापना भएको यो विद्यालयमा ८ कक्षा सम्म पठ्नपाठन हुँने गरेको छ । विद्यार्थी पठ्नपाठ्नमा अब्बल भएपनि धेरै जस्तो अभिभावक विद्यार्थीको भविष्य प्रति गैरजिम्मेवार भएको विद्यालयको गुनासो छ ।

वर्षेनि भर्नाका लागि घरदैलो कार्यक्रम गरेपनि विद्यालयमा विद्यार्थी संख्या भने समस्याको रुपमा रहेको छ ।

विद्यार्थी संख्यामा जातीय प्रभाव परेसंगै नीजि स्रोतका शिक्षकलाई योज्ञता अनुसारको पारिश्रमिक दिन पनि विद्यालयलाई धउधउ परेको छ । २ विगाहा १५ कट्ठा जमिनमा रहेको यो विद्यालयको आम्दानिको स्रोत भने खासै केही छैन । वर्षमा केही जमिन ठ्ेक्का दिदा ४० हजार आम्दानि हुँने गरेकोे छ । विद्यालयको समस्या वडा भेलामा बारमबार राखेपनि सोचे जस्तो सहयोग नभएको विद्यालयको गुनासो छ । कुनै समय सरसफाईमा जिल्लाको प्रथम भएको दिवज्योतीका भुपु विद्यार्थीहरु पनि विद्यालय प्रति उत्तरदायी नदेखिएको व्यवस्थापक अध्यक्ष शार्माको भनाई थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]