१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

आमाको नामबाट नागरिकता लिन समस्या

Logo
प्रकाशित बिहिबार, कार्तिक २८, २०७६

न्यूज मधेश,महोत्तरी।जलेश्वर नगरपालिका वडा.४ निवासी २० वर्षीय रवि पासवान नेपाली नागरिक हुन् । तर, उनले नेपाली नागरिकता पाउन सकेका छैनन् । नेपालमै जन्मे हुर्केका उनले नेपालमै दश कक्षासम्म पढेका छन् । नागरिकता नबन्दा त्यसमाथि बढ्न मन नलागेको उनको भनाइ छ । नेपालमा रोजगारी नपाएपछि हाल उनी भारतको दिल्लीमा मजदुरी गरेर बसेका छन् ।

रविकी आमासँग नेपालकै वंशज नागरिकता छ । तर, उनका बुबा भने भारतीय नागरिक हुन् । बुबा भारतीय नागरिक भएकाले रविलाई वंशजको नागरिकता दिन नमिल्ने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिकका सन्तानलाई नागरिकता दिन नमिल्ने बताएपछि उनीहरू निराश छन् । नेपालमै जन्मे हुर्केर पनि नेपाली नागरिकता नपाउने रवि मात्र एक्ला होइनन् । महोत्तरीमा करिब दुई सय यस्ता युवा छन्, जो आमाको नामबाट नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा भौतारिइरहेका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री रवि पासवानजस्ता आमा नेपाली र बुबा भारतीय हुनेलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन नसक्ने बताउँछन् ।- नयाँ पत्रीका

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]