२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री बने जितेन्द्र सोनल

Logo
प्रकाशित शुक्रबार, कार्तिक २९, २०७६

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल बनेका छन् । मुख्यमन्त्री लालबाबु राउतले सोनललाई फोन गरेर कार्यबाहक मुख्यमन्त्रीको जिम्मेबारी दिएका हुन् ।

बुधबार एन्टाको कार्यक्रममा सहभागि हुन अमेरिका उड्नु अघि मुख्यमन्त्री राउतले मन्त्री सोनलालाई कार्यबाहको जिम्मेबारी दिएको प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिए ।

‘बरिष्ठताको हिँसाबले मुख्यमन्त्री बाहिर गएको बेला अटोमेटिक उहाँपछिको मन्त्री कार्यबाहक मुख्यमन्त्री हुने प्रावधान छ’ प्रमुख सचिव सुवेदीले भने ‘बरिष्ठतामा पनि मुख्यमन्त्रीपछि मन्त्री सोनल पर्नुहुन्छ र उहाँलाई मुख्यमन्त्रीजीले फोन गरेर पनि कार्यबाहकको जिम्मेबारी दिनुभएको छ’

राजपा नेपालबाट मन्त्री बनेका सोनल बरियता क्रममा मुख्यमन्त्री पछिको दोश्रोमा पर्छन् ।

‘मुख्यमन्त्री अमेरिका उड्नु अघि मलाई फोन गरेर भन्नुभयो । “म अमेरिका जाँदै छु । हेर बिचार गरदिनु होला” । मौखिक मान्य हुन्छ की हुँदैन, मलाई थाहा छैन । तर फोन गरेर भन्नुभएको छ ।’ मन्त्री सोनलले भने ।

मुख्यमन्त्री बनेपछि राउत पहिलो पटक विदेश भ्रमणमा गएका हुन् । उनीसंगै प्रदेश २ का मुख्य न्यायधीवक्ता दीपेन्द्र झा पनि अमेरिका गएका छन् ।

मुख्यमन्त्री राउत अमेरीकामा एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका(एन्टा)को साधारणसभामा भाग लिने छन् । एन्टा अमेरिकामा बस्ने मधेसी मूलको नागरिकहरुको संस्था हो । एन्टाको कार्यक्रममा गएका मुख्यमन्त्री राउत मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]