१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री बने जितेन्द्र सोनल

Logo
प्रकाशित शुक्रबार, कार्तिक २९, २०७६

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल बनेका छन् । मुख्यमन्त्री लालबाबु राउतले सोनललाई फोन गरेर कार्यबाहक मुख्यमन्त्रीको जिम्मेबारी दिएका हुन् ।

बुधबार एन्टाको कार्यक्रममा सहभागि हुन अमेरिका उड्नु अघि मुख्यमन्त्री राउतले मन्त्री सोनलालाई कार्यबाहको जिम्मेबारी दिएको प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिए ।

‘बरिष्ठताको हिँसाबले मुख्यमन्त्री बाहिर गएको बेला अटोमेटिक उहाँपछिको मन्त्री कार्यबाहक मुख्यमन्त्री हुने प्रावधान छ’ प्रमुख सचिव सुवेदीले भने ‘बरिष्ठतामा पनि मुख्यमन्त्रीपछि मन्त्री सोनल पर्नुहुन्छ र उहाँलाई मुख्यमन्त्रीजीले फोन गरेर पनि कार्यबाहकको जिम्मेबारी दिनुभएको छ’

राजपा नेपालबाट मन्त्री बनेका सोनल बरियता क्रममा मुख्यमन्त्री पछिको दोश्रोमा पर्छन् ।

‘मुख्यमन्त्री अमेरिका उड्नु अघि मलाई फोन गरेर भन्नुभयो । “म अमेरिका जाँदै छु । हेर बिचार गरदिनु होला” । मौखिक मान्य हुन्छ की हुँदैन, मलाई थाहा छैन । तर फोन गरेर भन्नुभएको छ ।’ मन्त्री सोनलले भने ।

मुख्यमन्त्री बनेपछि राउत पहिलो पटक विदेश भ्रमणमा गएका हुन् । उनीसंगै प्रदेश २ का मुख्य न्यायधीवक्ता दीपेन्द्र झा पनि अमेरिका गएका छन् ।

मुख्यमन्त्री राउत अमेरीकामा एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका(एन्टा)को साधारणसभामा भाग लिने छन् । एन्टा अमेरिकामा बस्ने मधेसी मूलको नागरिकहरुको संस्था हो । एन्टाको कार्यक्रममा गएका मुख्यमन्त्री राउत मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]