०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

महानगरपालिकाद्वारा सवारी धनिपूर्जा वितरण सुरु

Logo
प्रकाशित शुक्रबार, कार्तिक २९, २०७६

न्यूज मधेश,वीरगन्ज।प्रदेश २मा रहेको एक मात्र महानगरपालिका वीरगन्जले आज देखि तीन पाङ्गे्र सवारी साधनहरुको रुटपरमिट सहितको सवारी धनिपूर्जा वितरण सुर गरेको छ ।

महानगरपालिका भित्र संचालन टेम्पु,इरिक्सा लगायत १सय तीनपाङ्ग्रे सवारी साधनहरुको प्रमाण बितरण गरेको हो ।महानगरपालिकाले आजे देखि बितरण सुरुगरेको सवारी धनी प्रमाण पत्र नगर प्रमुख सवारगीले हस्तारण गर्दै सुरुगर्नुभएको हो ।

महानगपालिकामा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख सरावगीले सवारीधनिलाई पूर्जा हस्तान्त्रण गर्दै चालक अनुमती पत्र नभएका टेम्पु तथा इरिक्सा संचालन गरेको पाइएको सवारी साधननै जपत गर्ने चेतावनी दिनुभयो । संचारकर्मीहरुसंग कुरा गर्दै नगरप्रमुख सरावगीले स्थानिय तह संचालन ऐन २०७४ले प्रदान गरेको अधिकारलाई प्रयोग गर्दै महानगर भित्र संचालन हँुने तीनपाङ्ग्रे सवारी साधनको रुटपरमिट तथा सवारी धनीपूर्जा वितरण थालिएको बताउनुभयो ।

उहाँले महानगरपालिकाले धनिपूर्जा र रुटपरमिट वितरण गर्न थालेपछि नगरक्षेत्रमा हुने सवारी जामको समस्या समेत समाधान हुने बताउनु भयो । वीरगन्ज नगर क्षेत्रमा हुने सवारी जामको मुख्य कारण नै ट्म्पु तथा इरिक्सा रहेकाले कहा कतीलाई अनुमति दिने कार्य योजना तयार भएकाले चाँडै जामको समस्या समाधान हुने नगर प्रमुख सरावगीले दावि गर्नु भयो । महानगरपालिका भित्र हाल २ हजार भन्दा बढी इरिक्सा र टेम्पु संचालित रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]