३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

गढीमाई मेला आजबाट सुरु, एक करोड दर्शनार्थी आउने

Logo
प्रकाशित सोमबार, मंसिर ०२, २०७६

न्यूज मधेश,बारा।गढीमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला आजबाट सुरु भएको छ ।

प्रचार बिनानै करोडौं श्रदालु भक्तजन, धार्मिक पर्यटक, लाखौ पशुबलि, भव्य मनोरन्जन सहित हुने मेला दक्षिण एशियाकै ठूलो बाराको गढीमाई मन्दिरमा एक महिनाभर लाग्ने पञ्चवर्षिय गढीमाई मेला मंसिर १ गते आइतबारबाट सुरु भएको छ ।

लाखौं भक्तजन तथा धार्मिक पर्यटक आउने यो मेलालाई दक्षिण एसियाकै ठूलो मेला मानिन्छ ।

पहिलो पटक गढीमाईको दर्शन, पूजाआजा गरी आफ्नो भाकल गर्ने र अर्को मेलामा बलि चढाउने परम्परा रहेको यस गढीमाईमा भारतको धेरै जनसंख्या भएका राज्यहरु बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल सहित पूरै भारतका विभिन्न क्षेत्र, बंगलादेश, भुटान र नेपालका विभिन्न क्षेत्रहरुबाट दर्शनार्थी आउने मेला समितिले जनाए ।

मन्दिरबाट पूर्व दक्षिणतिर पीपलबोटसँगै रहेको बह्मस्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्मको पूजा गरिसकेपछि अन्य दर्शनार्थीहरुको लागि दर्शन खुला गरिने मूल पुजारी मंगल चौधरीले बताए ।

बिगतमा करिब एक करोड अनुमान गरिएको भए पनि करिब ८० लाख भक्तजन आए पनि यस पटक करोड पुग्ने गढीमाई मूल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशुबाहको दाबी छ ।

१५ सय सुरक्षाकर्मी, राष्ट्रिय राजमार्गबाट ६ बटा बाटो, सिमानाकामा ब्यापक चेकजाँच गस्ती, दमकल, एम्बुलेन्स, ५ सय स्वयंसेवक, ६ सय शौचालय, अरिरिक्त बिजुली, पानी, सयौँ निःशुल्क पंडालहरु समितीले व्यवस्थापन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]