न्यूज मधेश,सप्तरी।जिल्लाको बोदेबरसाईन नगरपालिका १ दभारी गाउँबाट प्रहरीले झण्डै एक सय पचास गाँजाको बोट नष्ट गरेका छ्न ।
ईलाका प्रहरी कार्यालय कडरबोनाका मातहतमा रहेका प्रहरी चौकी सिस्वाबेल्हीबाट प्रसनि दिपेन्द्र कुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले सो परिणामको गाँजाको बोट मंगलबार नष्ट गरीएका हुन ।
गोप्य सुचनाको आधारमा बोदेबरसाईन नगरपालिका वडा नं.१ दभारी टोल स्थित खेत बारी तथा घरआगनमा लुकाई छिपाई लगाएको अन्दाजी एक सय पचास वटा अबैध गाँजाको बोट फडाँन गरी स्थानिय मानिसहरुको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।