०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

लाउडस्पिकर ( हरन ) छापमा मोहर लगाएर गुण्डा राज अन्त गरौ: डा.राउत

Logo
प्रकाशित बिहिबार, मंसिर ०५, २०७६

न्यूज मधेश,सर्लाही। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मधेशवादीको नाउँमा सबै पार्टी भोट लिएर नातावादको राजनीति गरेको बताएका छन् ।

आगामी मँसिर १४ गते हुन लागेको उप चुनाव २०७६ अन्तर्गत भइरहेको निर्वाचनको लागि बुधबार सर्लाहीको हरिपुर्वामा चुनावी सभालाई सम्बोधन गर्दै डा. राउतले नेकपा, राजपा, समाजवादी पार्टी, नेपाली काँग्रेस जस्ता पार्टीहरु नातावाद र जातीवादमै सिमित भएको बताएका छन् ।

सर्लाहीको हरिपुर्वा नगरपालिकाको वडा नं. १ मा हुने उपचुनावमा आफ्नो उम्मेदवार खडा गर्दै डा. राउतले यतिको पार्टीलाई आजमाएर हेरेपनि यसपाली जनमत पार्टी उपर विश्वास गर्न आग्रह गरे ।

वैज्ञानिक समेत रहेका डा. सिके राउतले जनमत पार्टीसँग उचीत सिद्धान्त र मधेश विकासको मुख्य एजेन्डा पहिलदेखि नै राखेको बताउँदै आगामी मँसिर १४ गते हुने चुनावमा लाउडस्पीकर (हरन) छापमा मतदान गर्न पनि आग्रह गरे । हरिपुर्वा नगर पालिका वडा नं १ का वडाध्यक्षको मृत्यु भएपछी त्यहाँ पनि उपचुनाव हुने भएको छ । जनमत पार्टीबाट दिनेश कुमार यादवले उम्मेदवारी दिएका छन् ।
उप निर्वाचनमा वडाध्यक्ष पदका लागि दुई स्वतन्त्र गरि सात जनाले उमेदबारी दिएका छन। सात जनाको उम्मेदबारी भएपनि त्यहाँ त्रीपक्षिय भिडन्त रहेको छ। समाजबादी पार्टी, राजपा नेपाल र नेकपा बिच त्रीपक्षिय भिडन्त हुन लागेको छ। आ– आफ्नो पक्षमा मतदान र पार्टी जिताउन केन्द्रीय स्तरका नेताहरु समेत भोट माग्दै हिडेको देखिएको छ ।

भोट माग्ने क्रममा जनमत पार्टी बाट चुनावमा उम्मेदबारी दिएका दिनेश कुमार यादवलाइ जिताउन बुधबार हरिपुर्वामा चुनाबी साभा गरिएको छ। चुनाबी सभालाई सम्बोधन गर्दै डा. राउतले ठेकेदारी र छोटे राजाहरुको अवसरवादी सोंच र राज अन्त्य गरी स्वराज ल्याउनुपर्ने बताए । “स्वराज ल्याउन जनमत पार्टीको लाउडस्पीकर छापमा मतदान गर्न सबैसँग आग्रह गर्दछु ।”न्यूज ब्युरो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]