०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

शिक्षाको बिकाश भएपछि अरु क्षेत्रको बिकाशमा समय नलाग्ने:सांसद कर्ण

Logo
प्रकाशित बिहिबार, मंसिर ०५, २०७६

न्यूज मधेश,पर्सा।नेकपाका नेतृ एवं सांसद पुष्पा कर्णले आज श्री नेपाल रास्ट्रीय आधारभुत बिधालय शिलान्यास गर्नुभएको हो । तीन कोठे भवन रहेको बिधालय को उद्घाटन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कर्णले सामुदायिक बिद्यालयको बिकाशमा आफुले बिशेष ध्यान दिएको बताउनुभयो ।

उहाँले बिद्यालयको आवश्यकता अनुसार सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । शिक्षाको बिकाश भएपछि अरु क्षेत्रको बिकाशमा समय नलाग्ने हुदाँ शिक्षाको बिकाशमा ध्यान दिन सवैलाई आग्रह गर्नुभएको थियो ।

ओबिसी पर्साका अध्यक्ष समेत रहेका नेकपाका युवा नेता अकलेश साहकाे पहलमा तराई मधेश समृद्धि अभियान अन्तर्गत आएकाे ३० लाखको लागतमा सो भवन निर्माण हुन लागेको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले वताउनु भयाे । उहाँले ३० लाख रकमबाट तिनकोठे नयाँ भवन निर्माण र अधुरो भवन मर्मत गर्न लागिएको जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा नेकपाका नेता बिचारी प्रसाद यादव, वीरगंज महानगर कमिटीका अध्यक्ष रहबर अंसारी, प्र्रदेश कमिटी सदस्य बाबुराम कौशिक, जिल्ला कमिटी सदस्य अमल यादव, बसरुदिन अंसारी, ताजुदिन अंसारी, राजु बैठा, सचिव बिश्वमर शर्मा, युवा नेता अकलेश साह लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा भवन निर्माणको लागि बजेट ल्याउन सहयोग गर्ने नेकपाका नेता एवं संबिधान सभा सदस्य बिचारी यादव, युवा नेता अकलेश साह, वडा अध्यक्ष अवधकिसोर कुशवाहा, वडा सदस्य लालबाबु यादवलाई सम्मानित समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]