०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

‘रंगभेद विरुद्धको दिवस’ सबैको साझा कार्यक्रम हो: विद्यार्थी नेता लोध

Logo
प्रकाशित बिहिबार, मंसिर ०५, २०७६

विकास प्रसाद लोध,काठमाडौ।परिवर्तन सजिलै प्राप्त हुँदैन र कठिन पनि छैन। चुनौतिको सामना गर्न सक्ने नेतृत्व र क्षमताको मात्र आवश्यकता पर्छ। रंगभेदको कुरा गर्दा नेलसन मण्डेलाको रंगभेद विरूद्धको क्रान्ति विश्वकै ठूलो क्रान्तिका रूपमा लिइन्छ।

विगत नेपालमा भएका विभिन्न घटना, दंगा र राजनितिक आन्दोलनको सतही अध्यन गर्ने हो भने नेपालमा पनि रंगभेदले जरा गाडेको छ। हरेक वर्ष रंगभेदका आधारमा केही घटना हुने गरेको छ। समस्या जटिल बन्दै गएपनि यसको विरूद्ध आवाजसम्म उठाइँदैन।

रंगभेद विरूद्धको मौनताकाबीच कुनै संगठन वा व्यक्तिले आवाज उठाउनु पीडितका लागि आशाको किरण सरह हो। डा.सीके राउत विस २०५७ सालको ऋतिक रोशन काण्डबाट निकै प्रभावित व्यक्ति हुन्। अभिनेता ऋतिकले नेपाल मन नपरेको भन्दै इन्टरभ्यू दिदा काठमाडौंमा मधेशीमाथि आक्रमण भएको थियो। जुन कुरा उहाँको अफ्नै आत्मकथामा उल्लेख रहेको छ। र, जसको प्रभावले अमेरिकाको जागिर छाडेर मधेश फर्केर विगत ७ बर्षदेखि स्वतन्त्र मधेशको अभियान संचालन गर्दै आएका थिए ।त्यसक्रममा दर्जनौं पटक जेल पनि परे।

डा राउत तथा उनका समर्थकले विगत ४–५ वर्षदेखि रंगभेद विरूद्ध एकता दिवस मनाउँदै आएका छन्। २०७१ मंसिर १० गते काठमाडौंमा सार्कसम्मेलनको अवसरमा विश्वसामु मधेशीको परिचय प्रष्ट पार्ने उद्देश्यले आयोजित कार्यक्रमका दिन डा.राउतसहित करिव ६ सयभन्दा बढी गिरफ्तार भएका थिए।

जहाँ मधेशी मात्रै नभई कालो अनुहार भएका पुलिस, पत्रकार, पहाडी मुलका व्यक्तिहरू पनि गिरफ्तार गरिएका थिए। रंगकै आधारमा विभेदमा परेको र पक्राउ गरिएको यो प्रमाण हो।

रंगभेद एक मनोस्थिति हो, जसको प्रकृति भयावह हुन्छ। रंगभेदले कसैलाई चिन्दैन। पुलिस हो कि पत्रकार, नेता हो की कर्मचारी, धनी हो की गरिब, कुन जातिको हो, कुन समुदाय को हो, कुन धर्म को हो भन्ने कुराले फरक पार्दैन। उसले त केवल तपाईको रंग देख्छ र त्यो रंगको स्वरूप पनि फरक हुन सक्छ। त्यों रंग कालो, गोरो हुन सक्छ, उचनिच हुन सक्छ, धनी गरिब हुन सक्छ, जात हुन सक्छ, धर्म हुन सक्छ, लिंग हुन सक्छ। यसरी तपाईको रंग (नश्ल)लाई नै तपाईको परिचयको रूपमा प्रयोग गरी तपाईलाई परिभाषित गर्दछ।

रंगभेद विरूद्ध एकता दिवशलाई मात्र एउटा राजनीतिक पार्टीको अन्दोलनको रूपमा व्याख्या गर्नु वा त्यस प्रकारको सोच राखि संकुचित विचारको उदाहरण हो। यसलाई सामाजिक रूपान्तरण एवं समाज पुनर्गठनको एक प्रयास वुझ्नु उत्तम हुन्छ। जसले मानव–मानव बिच हराएको मानवतालाई पुनः जीवित गर्ने अठोट बोक्दै अगाडी वढने प्रयत्न गर्दैछ।

यो दिवसको माध्यमबाट रंगको आधारमा व्यक्ति परिभाषित गर्ने मनोस्थितिलाई परिवर्तन गर्ने विशाल उद्देश्य लिइएको छ। नेतृत्व जसको भए पनि यो समाजिक परिवर्तनको उद्देश्यले आयोजित कार्यक्रम सबैको साझा कार्यक्रम हो। जो रंगका आधारमा गरिने विभेदलाई उन्मूलन गर्ने सोच राख्दछ।

लोध विद्यार्थी जनमत संघका नेता पनि हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]