०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

तिलाठी काेइलाडीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, मंसिर ०६, २०७६

न्यूज मधेश,राजविराज।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिवार समपन्न गरिएको छ ।

गाउँपालिका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्य तथा वडा नम्बर ३ को अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा वडा नम्बर ३ रामजानकि हटिया स्थित कार्यक्रम आयोजना गरिएको हो ।

विभिन्न वडामा सञ्चालित विकासिय योजनाहरु सम्पन्न भएको वडा अध्यक्षहरुले जानकारी दिए ।
कार्यक्रममा सहभागी भएको स्थानियवासिहरुले विभिन्न कार्यप्रति प्रशंसा गरेको थिए भने केहिले गुनासो पनि गरे । कार्यक्रममा सहभागी घुरनी देवी, जिवछलाल मण्डललगायतले खाँडो र जिता नदिमा झोलुङ्गे पुल निर्माण गर्न आग्रह गरे ।

यसै गरी वडा नम्बर २ लौनियाँमा कृषी सडक निर्माण गर्नका लागी हरिदेव खंगले समेत आग्र्रह गरेका थिए । उग्रकान्त झा, दुखन खंग, हनुमान मुखिया, रामचन्द्र ठाकुर, ननुलाल मण्डल, सुनिता साह, उमेश राय, रविराज रजक, दामोदर मुखियासमेतका व्यक्तिहरुले कृषि, सडक, बिजुली, शिक्षा, स्वास्थ्य, बाढीलगायतका समस्याप्रति जनप्रतिनिधिहरुलाई ध्यानार्षण गराए । विभिन्न समस्याहरु प्रति आफु पहल गरिरहेको गाउँपालिका प्रमुख सतिश कुमार सिंहले बताए ।

उनले तिन पाङग्रे गाडी अावत जावत गर्न सक्ने झोलुङ्गे पुल खाँडो नदिमा चाँडै निर्माण गर्ने प्रतिबद्धता समेत जनाए । गाउँपालिकामा भ्रष्टाचार भएको अफवाहमा नलाग्न अध्यक्ष सिंहले बताए । वडा नम्बर २ का अध्यक्ष खगेन्द्र मण्डल, वडा नम्बर ५ का निमित्त अध्यक्ष सुर्यनरायण रजक, वडा नम्बर ७ का अध्यक्ष दिनेश सिंह, वडा नम्बर ४ का अध्यक्ष गाेपी मण्डल, बाेर्ड सदस्य दामोदर मुखियालगायतले एकजुट भएर विकासिय काममा अगाडि बढनु पर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]