१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सहिदनगरमा बृद्धभत्ता नदिएको भन्दै,मेयर बरबरिया विरुद्ध चर्को नाराबाजी

Logo
प्रकाशित शुक्रबार, मंसिर ०६, २०७६

न्यूज मधेश,जनकपुरधाम।धनुषाको शहीदनगर नगरपालिकाले लामो समयदेखि बृद्धभत्ता नदिएको भन्दै स्थानीय बृद्ध-बृद्धाहरू आन्दोलित बनेका छन् । शुक्रबार सयौंको संख्यामा बृद्ध-बृद्धा नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

विगत ८ महिनादेखि भत्ता नदिएको बृद्धबृद्धाले गुनासो गरे। उनीहरूले नगरप्रमुख उदय बरबरियाविरुद्ध नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरे । नगरपालिका पटक पटक धाउँदा पनि नगरप्रमुख बरबरियाले वास्ता नगर्ने गरेको जनार्द मरिकले बताए । उनले नगरप्रमुखले बृद्ध भत्तामा भ्रष्टाचार गरेको आरोप समेत लगाएको स्थानीय युवक सर्वजित यादबले बताए ।

नगरपालिकाका ९ वटैबाट बृद्धबृद्धा नगरपालिका पुगेका थिए । बृद्धभत्ताका लागि विरोध हुने थाहा पाएपछि नगरप्रमुख बरबरिया कार्यालयबाट पहिल्यै निस्किसकेका थिए । उनीहरू घण्टौसम्म कार्यालय अगाडि नारा जुलुस लगाएर घर फर्केका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]