१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

सिरहामा लागूऔषधसहित दुई युवा पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर ०७, २०७६

राजेन्द्र महतो,लहान।सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं.६ कचनारी भोटिया चौक बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सितापुर सिरहा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा स १ प ६१९ नम्बरको मोटरसाइकलमा आउदै गरेको सप्तरी बलान बिहुल गाउँपालिका वडा. १ मलहनियाको २१ वर्षीय अमरेश यादव र सोही ठाँउ बस्ने २१ बर्शिय पन्कज कुमार यादव को साथबाट नेपाल मा प्रतिबन्ध लगाईएका नोफिन – १० एम्पुल , डाइजिल्याप -१० एम्पुल र र्प्रोमेथाजिन -१० एम्पुल लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना र मोटरसाइकल लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय लहान मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]