२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

उपेन्द्र यादवले सरकार नछाड्ने भएपछि समाजवादी पार्टीमा विवाद चर्कियो

Logo
प्रकाशित शनिबार, मंसिर ०७, २०७६

न्यूज मधेश,काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता नछाड्ने भएका छन् । उनलाई सत्ता छाड्न निकटस्थबाटै दबाब आएपनि नछाड्ने बहाना निकालेका छन् । संविधान संशोधनको अन्तिम प्रयास गर्ने भन्दै यादवले तत्काल सरकारबाट नहट्ने तर्क पार्टीका प्रभावशाली नेताहरुसँग गरेका छन् ।

स्वास्थ्यमन्त्रीका रुपमा भारतमा आयोजित एक कार्यक्रममा भाग लिइरहँदा उनी कानुनमन्त्रीमा परिणत भइसकेका थिए । अपमान गर्ने गरी चालिएको कदमप्रति यादवले सार्वजनिक रुपमा केही बोलेका छैनन् । तैपनि, प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थसँग असन्तुष्टि पोखिसकेको बुझिएको छ ।

यादव उपप्रधान तथा कानुनमन्त्री बनाइएका छन् । यो उनका लागि संविधान संशोधन गरेर देखाउन चुनौती पनि हो । यसैलाई बहाना बनाएर यादव सत्तामै रहिरहन चाहेका छन् । उनको यो शैलीप्रति समाजवादीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई, प्रभावशाली नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठले सरकार छाड्न दबाब दिदै आएका छन् । तर, यादवले मानेका छैनन् । यादवको पछिल्लो शैलीप्रति उनी निकटस्थ भनी चिनिएकी रेणु यादवले पनि असन्तुष्टि जनाइसकेकी छिन् ।

यादव सरकार छाड्न डराइरहेको चर्चा पनि चलिरहेको छ । उनी मधेशी जनअधिकार फोरमको अध्यक्ष हुँदा रौतहटको गौरमा भएको हिंसाको फाइल खोलिने विषय उठेको छ । यादवले सरकार छाड्नेवित्तिकै यो विषयको अनुसन्धान अगाडि बढ्नसक्ने देखेर अपमान सहेर भएपनि सरकारमा बस्न चाहेका छन् ।

यसैगरी, सरकार पुर्नगठनपछि कसरी अगाडि बढ्ने भन्नेबारे समाजवादी पार्टीको बैठक बस्दैछ । अपरान्ह चार बजे बस्ने बैठकले सरकारमा रहने या बस्ने निर्णय लिनेछ । केही पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्ता गरेर टुंगोमा पुग्नेबारे सुझाव दिइसकेका छन् । नेता रकम चेम्जोङले प्रधानमन्त्री ओलीसँग फाइनल कुरा हुने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]