२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

धनुषामा दाइजोको निहुँमा श्रीमतीको हत्या

Logo
प्रकाशित आइतबार, मंसिर ०८, २०७६

जनकपुरधाम।धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.३ कि २२ वर्षीया कुसुमकुमारी मण्डलको दाइजोको निहँुमा हत्या भएको माइती पक्षले आशंका गरेको छ । २५ वर्षीय प्रकाश मण्डलले कुटपिट गरी कुसुमको हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् ।

शुक्रबार राति खाना खाएर सुत्ने वेलामा करिब ११ बजेतिर घरायसी विवादपछि कुटपिट गर्दा कुसुमको मृत्यु भएको माइती पक्षको भनाइ छ । छोरीलाई कुटपिट गरी हत्या गरेको मृतक कुसुमकी बुबा जिवछ मण्डलले दाबी गर्दै घटनाबारे आफूहरूलाई नातेदारले बिहान खबर गरेपछि मात्र थाहा पाएको बताए । उनको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याएपछि मात्र स्थानीयबासीले माइती पक्षलाई खबर गरेका थिए ।

माइती पक्षले विवाहमा दाइजो स्वरूप दिएको मोटरसाइकल प्रकाशको नाममा नामसारी गर्न नसक्दा हत्या गरेको बताएका छन् । प्रकाशले पटकपटक कुसुमलाई मोटरसाइकल आफ्नो नाममा पास गर्न दबाब र यातना दिँदै आएका थिए । छोरीको विवाह गर्दा आफूले सबै रकम साहु महाजनबाट ऋण लिएको र मोटरसाइकलसमेत किस्ताबाट एक लाख उधारोमा खरिद गरेकाले तत्कालै ज्वाइँको नाममा नामसारी गर्न नसकेको जिवछले बताए ।

‘आफूले जसोतसो एक महिना पहिले किस्ताको बाँकी रकम तिरेको र केही ब्याजबापतको रकम मात्रै बाँकी भएकाले माघ महिनामा तिरेर ज्वाइँको नाममा मोटरसाइकल नामसारी गराउने योजनामा थिएँ’, उनले भने । मोटरसाइकलकै नामसारीको निहुँमा छोरीलाई कुटपिट गरी हत्या गरेको उनले दाबी गरेका छन् ।

यता, मृतक कुसुमको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । प्रहरीले मृतक मण्डलको पति प्रकाश र ससुरा रामचन्द्र मण्डललाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा दुई जनालाई पक्राउ गरेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । २०७५ साल वैशाख २८ गते सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा भाइजी टोलका जिवछ मण्डलकी २२ वर्षीया छोरी कुसुमकुमारी मण्डल र धनुषाका मिथिला बिहारी नपा–३ बजारचोक बस्ने रामचन्द्र मण्डलका २५ वर्षीय प्रकाश मण्डलबीच हिन्दु परम्पराअनुसार मागी विवाह भएको थियो ।

विवाहमा माइती पक्षले नगद १ लाख ५० हजार, २ तोला सुन, १५ तोला चाँदी, फर्निचर र मोटरसाइकल दाइजोमा दिएका थिए । सो विवाह गर्दा करिब १५ लाख खर्चेर विवाह गरेको मृतक कुसुमकी आमा शेलोदेवी मण्डलले बताइन् । जिल्ला प्रहरी कार्यालय धनुषामा शनिबार भेटेकी मृतककी काकी पुनम देवीका अनुसार करिब ८ दिन अगाडि धनुषाको मिथिला बिहारीस्थित परशुराम तलाउमा भतिजी, ज्वाइँ र उनको सासुलाई भेटेर भलाकुसारी गरेको बताइन् । पुनमले भेटेको वेलामा भतिजी सासुसहित आएकी थिइन्, कुराकानी सामान्य रूपमा भए पनि उनको अनुहारमा निकै बेचैनी देखिएको बताइन् । भेटेको समयमा सासुले तिम्रो भतिजी मात्रै घरमा अरू बुहारीभन्दा कमजोर र काली भएकी बताएकी पुनमकुमारीले जानकारी दिइन् । निर्दयीले ज्वाइँले भतिजी कुटपिट गर्दै मारेको भन्दै उनलाई पक्राउ गरी कारबाहीको लागि प्रहरीमा उजुरी गर्न आएको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]