०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सप्तरीमा निशुल्क क्यान्सर शिबिर सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर ०८, २०७६

न्यूज मधेश,राजविराज।सप्तरीको सुरुङ्गा नगरपालिकाको कडरबोनामा निशुल्क क्यान्सर शिविर सम्पन्न भएको छ ।

सतौन ट्र्ष्टको आयोजनामा संचालित एक दिने निशुल्क शिबिर सप्तरीका पाँच सय पचास जना लाभान्वित भएको हो ।

पुर्व मन्त्री तथा सप्तरी क्षेत्र नम्बर ४ का संघिय सांसद तेजु लाल चाैधरीकाे पहल तथा सताैन स्मृति ट्रस्टकाे अायाेजनामा सप्तरीकाे सुरुङ्गा नगरपालिकामा १ दिने स्वास्थय सिविरमा करिब ५५० जनाकाे स्वास्थय परिक्षण गरिएको जनाएको छ ।

सुरुङ्गा नगरपालिका मधुपट्टी तथा नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरकाे टाेलीको सहयोगमा निशुल्क स्वास्थय शिविर कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको तेजुलाल चौधरी को सचिवालयले जनाएको छ ।

“नेपाली क्यन्सरको उपचार नेपाल मै” मुल नाराका साथ सप्तरी स्थित स्थानीय महिलाहरुको स्तन तथा पठेघरको मुखको क्यान्सरको निशुल्क स्वास्थय परिक्षण गरेको छ ।

सहयोगी संस्थाको रूपमा सेवा नेपाल केन्द्रिय कार्यालय तथा थारु महिला समाज केन्द्रिय कार्यालय काठमाडौंको रहेकोे थियो ।

उक्त शिविर सप्तरीको सुरुङ्गा नगरपालिका ६ कडरबोना स्थित कडरबोना स्वास्थय चौकीमा शनिबार एक दिने परिक्षण भएको थियोे ।त्यसैगरी सांसद तेजु लाल चौधरी,सुरुङ्गा नगरपालिकाको प्रमुख मुक्ति नाथ चौधरी लगायत स्थानीय जनप्रतिनिधिहरु तथा स्थानीयहरुको उपस्थितमा उक्त शिविर सम्पन्न भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]