२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनकपुरका ५ वडा अध्यक्षको गुठी जग्गा हत्याउने योजना प्रकरण:वडा कार्यालयको सिफारिस नै गायब

Logo
प्रकाशित मंगलबार, मंसिर १०, २०७६

न्यूज मधेश,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका पाँच वटा वडा अध्यक्षको जानकी गुठिको जग्गा हत्याउने योजना प्रकरणमा नयाँ तथ्य फेला परेको छ ।

भूमाफियाहरुले आफुहरुले उक्त जग्गा किनेको र वडा कार्यालयबाट सिफारिस लिएको दावी गरिरहँदा सिफारिस सहित आवश्यक कागजातको प्रतिलिपि खोजतलास गर्न यूथ एक्शन फोर्स जनकपुरले वडा कार्यालयमा पुग्दा सिफारिस सहित अन्य कुनै प्रमाण दिन नसक्दा नयाँ तथ्य बाहिरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१सिट नं.१३५६.१६किता नंं. २१ को ४ कट्ठा जग्गा उनीहरुले ब्यक्ति भोगचलनका लागि हत्याउन लागेपछि यूवाहरु स्वस्पूmर्त रुपमा गुठीको जग्गा विक्रिवितरण तथा अतिक्रमण विरुद्ध चरणबद्ध संघर्षमा उत्रेको यूथ एक्शन फोर्स, जनकपुरका अध्यक्ष यूवा नेता प्रशान्त झाले जानकारी दिए ।

उक्त जग्गा सम्बन्धमा वडा नं.१ का सचिव प्रमान्द झालाई आईतरबार नै सिफारिस सहित भूमाफियाहरुले भन्दै आएको कागजातको प्रतिलिपि उपलब्ध गराउन निवेदन दिएका थिए । वडा सचिव झाले सोमबार मात्र प्रतिलिपि उपबध गराउने भनेका थिए । यद्यपी भूमाफियाको ईसारामा सचिव झाले आवश्यक कागजात उपलब्ध नगराएपछि युवाहरु आक्रोशित हुंदै कार्यालयमा तालाबन्दी गर्न खोजेका थिए ।

त्यसपश्चता वडा अध्यक्ष शत्रुधन साहको सहमतिमा मंगलबार आवश्यक कागजात उपलब्ध गराउने लिखित सहमति भएको यूथ एक्शन फोर्स जनकपुरका अध्यक्ष प्रशान्त झाले जानकारी दिए ।

जनकपुरधाम वडा नं.११ का वडा अध्यक्ष रामचन्द्र साहका छोरा प्रकाश कुमार साह (पप्पु) को नाउमा २०७३ साल बैशाख १६ गतेका बैनाबट्टाको कागजात तयार गरेर उक्त जग्गा हत्याउन लागेको युवाहरुको दावी छ । आफुले किनमेल गरेर काम अगाडि बढाएको पप्पु साहले बताएपनि गुठी, नापी तथा मालपोत कार्याल सहित यथेष्ट प्रमाण जुटाउन सकेको देखिएको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]