०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

सिरहामा लागूऔषधसहित दुई युवा पक्राउ

Logo
प्रकाशित बुधबार, मंसिर ११, २०७६

राजेन्द्र महतो,लहान।सिरहा जिल्लाको भगवान पुर गाउँपालिका वडा नं.५ लालपुर बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ठाडी इनर्वा सिरहा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा प्रदेश-२,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा आउदै गरेको सिरहा भगवानपुर गाउँपालिका वडा. ५ को २१ वर्षीय मुकेश कुमार र सोही ठाँउ बस्ने २५ बर्शिय सन्जय कुमार यादवको साथबाट नेपालमा प्रतिबन्ध लगाईएका डाइलेक्स डि सि १५ बोतल , डाइजिल्याप १८ एम्पुल , र्प्रोमे थिन हाइड्रइड १८ एम्पुल, नोरफिन१९ पिस र नाइट्रोभेट ३० पिस लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना र मोटरसाइकल लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय लहान मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आज बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो […]

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ । सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी […]

काठमाडौं । प्रतिनिधि सभामा ४ सीट रहेको मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् । सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् । अध्यक्ष ठाकुरले […]