११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

सप्तरीको उपचुनावमा १५ गते सम्म मदिरा निषेध

Logo
प्रकाशित बुधबार, मंसिर ११, २०७६

न्यूज मधेश,राजबिराज। उप निर्वाचनलाई लक्षित गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका तथा बिष्णुपुर गाउँपालिका ७ क्षेत्र भित्र मदिरा निषेध गरिने भएको छ ।

बुधबार राती ८ बजे देखि आइतबार सम्म मदिरा निषेध गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मंसिर १४ गते हुने उप निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै छिन्नमस्ता गाउँपालिकाको सम्पुर्ण वडा तथा बिष्णुपुर गाउँपालिका ७ क्षेत्र भित्र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मंसिर ११ गतेदेखि मंसिर १५ गतेसम्म उक्त क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।मदिराका कारण चुनावी सुरक्षा प्रभावित हुने भएकाले मादक प्रदार्थ बिक्री,बितरण ,उत्पादन तथा सेवनमा रोक लगाउने निर्णय गरेको स्थानीय प्रशासनले जनाएको छ ।

मदिराको कारोबार कसैले गरेको पाएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]