०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

प्रदेश स्तरीय क्रिकेटको उपाधी सप्तरी टिमको हात

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

न्यूज मधेश,राजबिराज।प्रदेश नं. २ स्तरीय क्रिकेटको उपाधी सप्तरी क्रीकेट टिमले हात परेको छ । सन्तदास कार्की (दासबाबु)तथा राजकुमार कोइराला स्मृति २ नम्बर प्रदेश स्तरीय क्रीकेट खेलको फाइनल खेल खेल्दै सप्तरीले सर्लाहीलाई हराउँदै उपाधी हात परेको हो ।

स्व.शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा सप्तरीका कप्तान महवुव आलमले बिहिवार फाईनल खेल खेल्दै सर्लाहीलाई हराएका छ्न । टि २० नकअाउट क्रीकेट प्रतियोगिताको सेमिफाइनल खेलमा मंगलबार सप्तरी टिमले रौतहट क्रीकेट टिमलाई हराउँदै फाईनल खेलमा प्रवेश गरेको थियो ।

बिहिवार भएको फाइनल खेलमा सर्लाहीलाई ४७ रनले हराउदै सप्तरीले उपाधी जितेको हो ।पहिलो ब्याटिङ गरेको सप्तरीले २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनाएको थियो ।

यसैबीच सप्तरीबाट आशिस झाले ३४ ,मेहबुब आलमले २४ तथा बिकाश दासले २८ रन जोडेको थियो । यता सर्लाहीले ब्याटिङ गर्दै एक सय २७ रनको लक्ष्य खोज्दै १९ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमा प्याक भयो ।

बिजेता सप्तरीले नगद १ लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उत्कृष्ट व्याट्सम्यान सप्तरीका बिबेक यादब , उत्कृष्ट बलर सप्तरीका कप्तान मेहबुब आलम, उत्कृष्ट फिल्डर सर्लाहीका सन्दिप खड्का र प्रतियोगिताको सर्बोत्कृष्ठ खेलाडी सप्तरीका कप्तान मेहबुब आलम भएको छ ।

उक्त प्रतियोगितामा प्रदेश नं. २ का ८ वटै जिल्ला सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]