०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

विवाहपञ्चमीको चौथो दिन आज भगवान रामको तिल्कोत्सव

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

शैलेन्द्र क्रान्ति,जनकपुरधाम।सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइँछ ।

तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ ।

दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफुल, लताकपडासहित १ हजार १ भार जानकी मन्दिरबाट बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् । भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्त गर्दछन् । रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ । राम मन्दिरमा भार पुगेपछि तिल्कोत्सवको कार्यक्रम भव्य रुपमा हुने गर्दछ । त्यहाँ महिलाहरुले मैथिली भाषाका थरी थरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ । यसरी सम्धि मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ ।

यसपटक अर्थात आज भने जानकी मन्दिरबाट नभई एतिहासिक बाह्रविघा रंगभूमि मैदानबाट भार लिएर जानकी मन्दिरको परिक्रमा गर्दै राममन्दिर पुगेर तिल्कोत्सव गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।

यस अघि बिहीबार बाह्रविघा मैदानमा भव्य रुपमा धनुष यज्ञ मनाइएको छ । धनुष यज्ञामा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरी, भारत अयोध्याबाट आएका जन्ती तथा हजारौ दर्शनार्थी सहभागि भएका थिए ।

त्रेता युगमा राजा जनकले छोरी सीताको योग्य बर छनोटको लागि भगवान पर्शुरामले दिएको शिव धनुष भाँच्ने यज्ञ गरेका थिए अहिले पनि त्यसरी नै धनुष यज्ञको आयोजन गर्ने गरिन्छ । धनुष यज्ञमा रामको स्वरुप बनेका बालकले धनुष भाँच्ने गर्दछन् । धनुष यज्ञ अव्लोकन गर्न हजारौको संख्यामा साधुशन्त तथा दर्शनार्थी भेला भएका थिए ।

मंसिर १५ गते आईतबार हुने आदर्शनारी सीता र भगवान रामको विवाहको विधि गएको मंसिर १० गतेबाटै चलिरहेको छ । मंगलबार नगर दर्शन, बुधबार फुलबारी लिला र बिहीबार साँझ बाह्रविघा मैदानमा भव्य रुपमा धनुष यज्ञ सम्पन्न भइसकेको छ । यस्तै अजा तिल्कोत्सव पश्चात भोली शनिबार सीता र रामको मटकोर र आईतबार विवाहको कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]