१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

न्यूज मधेश,राजविराज। सप्तरीको  हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी शैलेन्द्र चन्द्र झाले आप्mनो छोरी अभिलासाको विवाहमा दाईजो दिने रकमबाट विपन्न समुदायका महिला तथा बालबालिकालाई कपडा वितरण गरेका छन् ।

उनले आप्mनो छोरीको विवाहमा सामाजिक कार्य गरी बैवाहिक कार्य सम्पन्न गरेका छन् । झा की छोरी अभिलासा र सप्तरीकै बलान विहुल गाउँपालिका ४ निवासी अमरनाथ झाका छोरा अमित विच बुधबार बिना दाइजो विवाह सम्पन्न भएको छ ।

बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २ सय ५० महिला र ३ सय बालबालिकालाई न्यायो लुगा वितरण गरेका थिए भने अशक्तताका कारण उपस्थित हुन नसकेका २ दर्जन बृद्घ बृद्घालाई बेहुली र उनका बुवाले घरमै गएर न्यायो लुगा पनि प्रदान गरे ।

बेहुला पक्षका अभिभावक समेतको सहमतिमा दाईजो लेनदेन नगर्ने भएपछि समुदायका विपन्न महिला तथा बालबालिकालाई लक्षित गरी विवाहकै दिन राहत स्वरुप गरिब असहायलाई कपडा वितरण गरेको नेकपाका नेता समेत रहेका वेहुलीका वुवा शैलेन्द्र चन्द्र झाले बताए । यता लत्ता कपडा पाएर खुशी भएकी उर्मिला सदाले दुई छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामी जस्तालाई यो सहयोगले चिसो छल्न पनि निकै टेवा पुगेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]