१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

न्यूज मधेश,राजविराज। सप्तरीको  हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी शैलेन्द्र चन्द्र झाले आप्mनो छोरी अभिलासाको विवाहमा दाईजो दिने रकमबाट विपन्न समुदायका महिला तथा बालबालिकालाई कपडा वितरण गरेका छन् ।

उनले आप्mनो छोरीको विवाहमा सामाजिक कार्य गरी बैवाहिक कार्य सम्पन्न गरेका छन् । झा की छोरी अभिलासा र सप्तरीकै बलान विहुल गाउँपालिका ४ निवासी अमरनाथ झाका छोरा अमित विच बुधबार बिना दाइजो विवाह सम्पन्न भएको छ ।

बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २ सय ५० महिला र ३ सय बालबालिकालाई न्यायो लुगा वितरण गरेका थिए भने अशक्तताका कारण उपस्थित हुन नसकेका २ दर्जन बृद्घ बृद्घालाई बेहुली र उनका बुवाले घरमै गएर न्यायो लुगा पनि प्रदान गरे ।

बेहुला पक्षका अभिभावक समेतको सहमतिमा दाईजो लेनदेन नगर्ने भएपछि समुदायका विपन्न महिला तथा बालबालिकालाई लक्षित गरी विवाहकै दिन राहत स्वरुप गरिब असहायलाई कपडा वितरण गरेको नेकपाका नेता समेत रहेका वेहुलीका वुवा शैलेन्द्र चन्द्र झाले बताए । यता लत्ता कपडा पाएर खुशी भएकी उर्मिला सदाले दुई छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामी जस्तालाई यो सहयोगले चिसो छल्न पनि निकै टेवा पुगेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]