२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

सिरहामा शान्तिपूर्ण तरीकाले उपनिर्वाचन सम्पन्न

Logo
प्रकाशित शनिबार, मंसिर १४, २०७६

राजेन्द्र महतो,लहान। सिरहाको कल्याणपुर नगरपालिका वडा न १२ मा शान्तिपूर्ण तरीका ले उपनिर्वाचन सम्पन्न भएको छ ।

श्री बिष्णुचरण श्रेष्ठ माध्यमिक विद्यालय बेलहामा सम्पन्न मतदानमा पुरुष ७ सय ८६  र महिला १ हजार १ सय ४७ गरि जम्मा १ हजार ९ सय ३३ मत र आधारभूत विद्यालय तिलासीमा पुरुष २ सय४७  र महिला ३ सय गरी जम्मा ५ सय ४७ मत खसेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् ।

उपनिर्वाचनलाई मध्यनजर मा राखी शान्तिपूर्ण तरीका ले मतदान सम्पन्न हुनको लागि सिरहाको दक्षिणी भेगमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चर्तुवेदीले बताएकाछन् ।
उपनिर्वाचनमा तिलासी बेलहा ७४९ र श्री विष्णुचरण माध्यमिक विद्यालय बेलहा (क), (ख) र (ग) मा २ हजार ७ सय १ गरी कूल ३ हजार ४ सय ५० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले बताएका छन ।
पहिलो स्थानीय तहको निर्वाचनपछि कल्याणपुर नगरपालिका वार्ड नम्बर १२ मा १८० मतदाता थपिएका छन् । रिक्त रहेको सो वडाको वडाध्यक्ष पदका लागि विभिन्न आठ दल तथा स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी दर्ता भएको छ । वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दिलीप कुमार यादव, नेपाली कांग्र्रेसबाट राजकुमार मुखिया, राजपा नेपालबाट प्रदीप कुमार महतो, समाजवादी पार्टी नेपालबाट किशोरी साह, सिके राउत नेतृत्वको जनमत पार्टीबाट मो. अताउल रहमान, राप्रपाबाट मो.वसिर राइन र राप्रपा संयुक्तबाट मो.अताबुल राइन, नेपाल लोकतान्त्रिक पार्टीबाट राजलाल सदाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै सूर्यनारायण राय, श्यामबाबु दास, रामअशिष सिंह, गौरीशंकर यादव, हेबु मुखिया पनि स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता भएको छ । गत २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिका वार्ड नम्बर १२ को वडाध्यक्ष पदमा कांग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]