१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

सिरहामा शान्तिपूर्ण तरीकाले उपनिर्वाचन सम्पन्न

Logo
प्रकाशित शनिबार, मंसिर १४, २०७६

राजेन्द्र महतो,लहान। सिरहाको कल्याणपुर नगरपालिका वडा न १२ मा शान्तिपूर्ण तरीका ले उपनिर्वाचन सम्पन्न भएको छ ।

श्री बिष्णुचरण श्रेष्ठ माध्यमिक विद्यालय बेलहामा सम्पन्न मतदानमा पुरुष ७ सय ८६  र महिला १ हजार १ सय ४७ गरि जम्मा १ हजार ९ सय ३३ मत र आधारभूत विद्यालय तिलासीमा पुरुष २ सय४७  र महिला ३ सय गरी जम्मा ५ सय ४७ मत खसेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् ।

उपनिर्वाचनलाई मध्यनजर मा राखी शान्तिपूर्ण तरीका ले मतदान सम्पन्न हुनको लागि सिरहाको दक्षिणी भेगमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चर्तुवेदीले बताएकाछन् ।
उपनिर्वाचनमा तिलासी बेलहा ७४९ र श्री विष्णुचरण माध्यमिक विद्यालय बेलहा (क), (ख) र (ग) मा २ हजार ७ सय १ गरी कूल ३ हजार ४ सय ५० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले बताएका छन ।
पहिलो स्थानीय तहको निर्वाचनपछि कल्याणपुर नगरपालिका वार्ड नम्बर १२ मा १८० मतदाता थपिएका छन् । रिक्त रहेको सो वडाको वडाध्यक्ष पदका लागि विभिन्न आठ दल तथा स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी दर्ता भएको छ । वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दिलीप कुमार यादव, नेपाली कांग्र्रेसबाट राजकुमार मुखिया, राजपा नेपालबाट प्रदीप कुमार महतो, समाजवादी पार्टी नेपालबाट किशोरी साह, सिके राउत नेतृत्वको जनमत पार्टीबाट मो. अताउल रहमान, राप्रपाबाट मो.वसिर राइन र राप्रपा संयुक्तबाट मो.अताबुल राइन, नेपाल लोकतान्त्रिक पार्टीबाट राजलाल सदाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै सूर्यनारायण राय, श्यामबाबु दास, रामअशिष सिंह, गौरीशंकर यादव, हेबु मुखिया पनि स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता भएको छ । गत २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिका वार्ड नम्बर १२ को वडाध्यक्ष पदमा कांग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]