२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

इन्टर स्कुल क्रिकेट प्रतियोगितामा शारदा नमुना र हिमालयन स्कुल विजय

Logo
प्रकाशित आइतबार, मंसिर १५, २०७६

फिरोज शेख/ मनोज बनैता, लहान।सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको आयोजना तथा एबी मल सिरहा सुपर मार्केट गोलबजारको टाइटल स्पोन्सरमा संचालन भइरहेको इन्टर स्कुल टि – 20 क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न २ खेलमा हिमालयन विधा निकेतन स्कुल र शारदा नमुना स्कुल विजय भएका छन् ।

प्रतियोगिता अन्तर्गत मदरल्याण्ड स्कुल र हिमालयन स्कुल बीच सम्पन्न पहिलो खेलमा मदरल्याण्ड स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै ८ ओभर ३ बलमा सबै विकेट गुमाउदै मात्र ४५ रनको योगफल तयार गरेका थिए।

मदरल्याण्डका लागि दिपक यादव ९ बलमा १३ रन, जगदीश शर्मा ११ बलमा १२ रन र अजय साह १५ बलमा ८ रन बनाउनु बाहेक कुनै पनि खिलाडिले राम्रो प्रदर्शन गर्न सकेनन । मदरल्याण्ड ४५ रनमा समेट्न बलिङ्ग तर्फ हिमालयन स्कुलका साहिल  महतो २ ओभरमा ५ रन खर्चेर ४ विकेट , मिथिलेश यादव २ ओभर ३ बलमा २ विकेट लिएर १३ रन र कृष्णा साह २ ओभरमा १३ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।

यसै बीच ४६ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिंग गर्न मैदानमा उतेरेका हिमालयन स्कुलले ८ ओभरमा ५ विकेट गुमाई ४६ रन बनाउदै ५ विकेटले विजय भएका छन्।  हिमालयन स्कुलका लागि रोशन चौधरी ९ बलमा १२ रन , हर्षित सोनी ३१ बलमा ९ रन र मिथिलेश यादवले ७  बलमा ५ रन बनाउदै हिमालयन स्कुल लाई ५ विकेटले विजय यात्रा गराएका छन्।  बलिङ्ग तर्फ मदरल्याण्ड स्कुलका साहिल साह ४ ओभरमा ११ रङ खर्चेर २ विकेट , दिपक यादव ३ ओभरमा २२ रङ खर्चेर २ विकेट र नरेश यादव १ ओभरमा ९ रङ खर्चेर १ विकेट लिन सफल भएका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेको हिमालयन स्कुलका साहिल महतो म्यान अफ द म्याच घोषित भएको स्कोरर काशिंद्र दासले जानकारी दिए। खेलका निर्णायक एम्पायरमा संजय चौधरी र देवेन्द्र साह रहेका थिए,भने म्याच रेफ्री सुमित चन्द्रदेव , स्कोरर काशिंद्र दास , कमनटेटर राधे मण्डल ,अजय मण्डल रहेका थिए ।

त्यस्तै प्रतियोगिता अन्तर्गत शनिबारनै सम्पन्न गुरुकुल पाठशाला स्कुल र श्री शारदा नमुना स्कुल बीच सम्पन्न दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै गुरुकुल पाठशाला स्कुलले १३ ओभर ५ बलमा सबै विकेट गुमाउदै मात्र  ४४ रनमै समेटिएको थियो। गुरुकुल स्कुलका लागि प्रविन  महतो २६ बलमा १५ रन , दिपक यादव १० बलमा ८ रन र अम्बेध यादवले १७ बलमा ५ रनको योगदान दिएका थिए। गुरुकुललाई ४४ रनमा रोक्न शारदा स्कुलको तर्फ बाट नविन यादव ४ ओभरमा १५ रन दिएर ४ विकेट ,अजित साह ४ ओभरमा ९ रन दिएर २ विकेट र रोशन यादव ३ ओभरमा ८ रन दिएर २ विकेट लिएका थिए ।

यसै बीच ४५ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका शारदा स्कुलका खिलाडीहरुले ५ ओभर ३ बलमा राम्रो प्रदर्शन गर्दै ४ विकेटको क्षतिमा ४५ रन बनाउदै विजय भएका छन्। शारदा स्कुलका तर्फ बाट नट आउट रही आशिष झा ६ बलमा १३ रन , मनिष चौधरी ८ बलमा ९ रन र अरविन्द यादव ११ बलमा आउट हुदै ९ रन बनाई शारदा स्कुललाई ६ विकेटले विजय बनाएका बनाएका छन्। गुरुकुल स्कुलको तर्फ बाट दिपेश यादव २ ओभरमा १९ रन दिएर २ विकेट , आनन्द यादव १ ओभर ३ बलमा १२ रन दिएर २ विकेट र रघु मण्डल १ ओभरमा ५ रन दिएका थिए ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका शारदा स्कुलका नविन यादव म्यान अफ द म्याच घोषित भएको स्कोरर कशिंद्र दासले जानकारी दिए।खेलका निर्णायक एम्पायरमा देवेन्द्र साह र सुमित चन्द्र देव रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]