१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

पिपरामा समाजवादीलाई हराउँदै नेकपाका चौधरी विजयी

Logo
प्रकाशित आइतबार, मंसिर १५, २०७६

न्यूज मधेश,महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपाका उम्मेदवार विक्रम चौधरी निर्वा्चित भएका छन् ।

उनले ३ हजार २ सय ४९ मत ल्याएर जित हात पारेका हुन् ।मतगणना हुंदा निकै नै रोमाञ्चक रहेको उक्त क्षेत्रमा केहि समय राजपा नै अगाडी देखिएको थियो तर अन्तिम मतगणना सम्म हुंदा दोस्रो रहेको नेकपा प्रथम र लिडिगं लिइरहेका राजपा तेस्रो स्थानमा झरेका थिए ।

चौधरी यसअघि भएको निर्वाचनमा विजयी राजपा उम्मेदवारका निकटतम प्रतिद्वन्द्वी थिए ।चौधरीका निकटम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१ मत ल्याए ।राजपाकी रविता कुमारीले २ हजार ९ सय ८४ मत पाइन् ।यसअघि राजपाका विनोदकुमार चौधरी निर्वा्चित भएका थिए।

उनको निधन भएपछि भएको उपनिर्वाचनमा राजपाले उनकै पत्नी रवितालाई उम्मेदवार बनाएको थियो ।यता समाजवादी र राजपा मिल्न नसक्दा सो क्षेत्रबाट राजपाले आफनो जनमत गुमाएको आकलन गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]