२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

कैलालीमा २६ लाख भारतीय रुपैयाँसहित ३ जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, मंसिर १५, २०७६

न्यूज मधेश,धनगढी।कैलालीमा २६ लाख भारतीय रुपैयाँसहित तीनजना प्रहरी नियन्त्रणमा लिएको छ।
भारतीय रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई आइतबार सरकारी वकील कार्यालय धनगढीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली भजनी नगरपालिका ८ का एकेन्द्र भण्डारी, बर्दगोरिया गाउँपालिका ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशी रहेको कैलाली प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।

प्रहरीका अनुसार उनीहरुले उक्त रकम गत कात्तिकमा भारतको बैङ्लोरबाट चोरी गरेर ल्याएको थिए । उनीहरुसहित कैलालीका रोशन सुनार र एक जना भारतीय नागरिकले करिब दुई करोड भारतीय रुपैयाँ चोरेको र भारतीय प्रहरीले चारीमा संग्लन सुनार र भारतीय नागरिकलाई नियन्त्रणमा लिइसकेको छ ।

पैसा लिएर नेपाल आएका उल्लेखित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा चलाई तीनै जनालाई राजस्व अनुसन्धान विभाग कोहलपुरको जिम्मा लगाइने डीएसपी बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]