२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

धनुषामा विद्यार्थी बोकेको बस दुर्घटना १० जना विद्यार्थी घाइते,२ जनाको अवस्था चिन्ताजनक

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

मनोज मोरबैता,जनकपुरधाम।धनुषाको गनेशमान चारनाथ नगरपालिका ३ को जुरि भन्ने ठाउँमा नव शान्ति विद्या आश्रम सेकेन्डरी बोडिङ स्कुलको बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

धनुषाको बरमझियाबाट विद्यार्थी लिएर बिरेन्द्रबजार जादै गरेको ना १ क ९२४९ नम्बरको स्कुलको बस दुर्घटना भएको हो।

गम्भीर घाइते भएका विद्यार्थीहरु सरोज कु यादव ,सुकेश मुखिया,राज मुखिया ,रोहित कु यादवको उपचार जनकपुरको जानकी हेल्थ केयर सेन्टरमा भैरहेको छ।भने गम्भीर घाइते मध्ये स्नेहा कुमारी यादव र प्रीयन्स कुमार यादवको मिहिलाल इन्टरनेशनल होस्पितमा उपचार हुदै छ।

त्यसैगरी अम्बिका यादव र मनिषा यादवको समर होस्पिटल गोदारबाट थप उपचारको लागी विराटनगर पठाएको छ।उनि दुइ जनाको अवस्था चिन्ताजनक रहेको स्थानीय समाजसेवी रामभरोस यादवले जानकारी दिएको छ।
यादवले भने दुइ जनालाई विद्यार्थीलाई समानिय चोटपटक लागेको थियो ।ति दुइजनालाई समर होस्पिटल गोदारमा उपचार गरेर घर पठाएको छ।

उक्त बसमा ३० जना विद्यार्थी बोकेर विद्यालय तर्फ जादै गरेको अवस्थामा आज विहान १० बजे दुर्घटना भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]