२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

धनुषामा विद्यार्थी बोकेको बस दुर्घटना १० जना विद्यार्थी घाइते,२ जनाको अवस्था चिन्ताजनक

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

मनोज मोरबैता,जनकपुरधाम।धनुषाको गनेशमान चारनाथ नगरपालिका ३ को जुरि भन्ने ठाउँमा नव शान्ति विद्या आश्रम सेकेन्डरी बोडिङ स्कुलको बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

धनुषाको बरमझियाबाट विद्यार्थी लिएर बिरेन्द्रबजार जादै गरेको ना १ क ९२४९ नम्बरको स्कुलको बस दुर्घटना भएको हो।

गम्भीर घाइते भएका विद्यार्थीहरु सरोज कु यादव ,सुकेश मुखिया,राज मुखिया ,रोहित कु यादवको उपचार जनकपुरको जानकी हेल्थ केयर सेन्टरमा भैरहेको छ।भने गम्भीर घाइते मध्ये स्नेहा कुमारी यादव र प्रीयन्स कुमार यादवको मिहिलाल इन्टरनेशनल होस्पितमा उपचार हुदै छ।

त्यसैगरी अम्बिका यादव र मनिषा यादवको समर होस्पिटल गोदारबाट थप उपचारको लागी विराटनगर पठाएको छ।उनि दुइ जनाको अवस्था चिन्ताजनक रहेको स्थानीय समाजसेवी रामभरोस यादवले जानकारी दिएको छ।
यादवले भने दुइ जनालाई विद्यार्थीलाई समानिय चोटपटक लागेको थियो ।ति दुइजनालाई समर होस्पिटल गोदारमा उपचार गरेर घर पठाएको छ।

उक्त बसमा ३० जना विद्यार्थी बोकेर विद्यालय तर्फ जादै गरेको अवस्थामा आज विहान १० बजे दुर्घटना भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]