३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सफलता पैसाले होइन, स्वतन्त्रताले दिलाउँछ: नेल्सन मन्डेला

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

न्यूज मधेश,जनकपुरधाम।नेल्सन मन्डेला मानव अधिकारकर्मी तथा दक्षिण अफ्रीकाका भूतपूर्व राष्ट्रपति हुन् । मन्डेला सन् १९९३ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । २७ वर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत राष्ट्रपति चुनिएका मन्डेलाको जन्म जुलाई १८, सन् १९१८ मा भएको थियो ।

-सपना देख्ने मानिस नै बिजेता बन्छ ।

-सबैभन्दा कठिन काम समाजलाई परिवर्तन गर्नु होइन, आफैंलाई परिवर्तन गर्नु हो ।

-व्यक्तिले आफूसँग भएको कुरालाई कसरी उपयोग गर्छ, त्यसकै आधारमा एक व्यक्ति र अर्को -व्यक्तिको जीवनमा फरकपन आउँछ ।

-समाज परिवर्तन गर्नु छ भने एकैपटक ठूलो काम गर्नुपर्दैन । हरेक दिन साना – साना भएपनि राम्रो काम गर ।

-म पराजित हुँदिन । मैले या त जित्छु या सिक्छु ।

-पछाडिबाट नेतृत्व गर । उनीहरुलाई महसुस गर्न देउ कि, उनीहरु अगाडि छन् ।

-साहासी व्यक्ति त्यो होइन, जो डराउँदै डराउँदैन । साहासी व्यक्ति त त्यो हो जसले डरलाई जित्न सक्छ ।

-हामीले त्यो बुझ्नु जरुरी छ कि, राम्रो काम गर्नको लागि समय सधैं सही हुन्छ ।

-यसरी बाँच कि मानौं, कसैले पनि तिमीलाई हेरिरहेको छैन । तर आफ्नो विचार यसरी राख कि मानौं सबैले तिमीलाई नै सुनिरहेका छन् ।

-जुनसुकै काम पनि पूरा गरेर सक्नु अगाडि असम्भव नै हुन्छ ।

-समाज परिवर्तनको लागि शिक्षा नै मुख्य हतियार हो ।

-सफलता पैसाले होइन, स्वतन्त्रताले दिलाउँछ ।

-विगतलाई बिर्सिदेउ ।

-यदि परिस्थिति अनुकुल छ भने, अहिँसाको निती राम्रो निती बन्न सक्छ ।

-बिहान उठ्दा मानिसहरुको हितको लागि कार्य योजना नभई उठ्नु जत्तिको डर, मलाई केही चिजसँग लाग्दैन ।

-यदि तिमीले कुनै पनि मानिससँग उसले बुझ्ने कुनै भाषामा कुरा गर्छौं भने, तिम्रो कुराहरु उसको दिमागमा पुग्छ । र, यदि तिमीले उक्त मानिससँग उसको आफ्नै भाषामा कुरा गर्छौं भने, तिम्रो कुराहरु उसको मनमा पुग्छ ।

-ठूलो पहाड चढेपछि थाहा हुन्छ, चढ्न बाँकी अझ थुप्रै पहाडहरु रहेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]