२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

१४ वर्षिय बालिका अपहरण, प्रहरीविरुद्ध आन्दोलन आफन्त पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

सौरभ यादव,राजविराज।सप्तरीको राजविराज नगरपालिकाकी एक बालिका अपहरणमा परेको घटना बाहिरिएको छ। यो घटनामाथि प्रहरीले उजुरी दर्ता नगरेको भन्दै सोमबार आफन्तले राजविराजमा आन्दोलन गरेका छन्।

राजविराज नगरपालिका वडा नं.७ मा बस्ने देवेन्द्र साहकी १४ वर्षिया गौरी साह अपहरणमा परेको विषय बाहिरिएको हो। राजविराजस्थित गौतम शिशु सदन बोडिङ्ग स्कुल कक्षा ९ मा अध्ययरन बालिकालाई राजविराजकै ३/४ जना युवाहरुले गत शनिबार साँझ (मंसिर १४ गते) अपहरण गरेको र उनीहरुविरुद्ध उजुरी दिन जाँदा प्रहरीले दर्ता नगरेको दाजु गोपाल साहले बताए।

साहका अनुसार विकास कर्ण, जयराम यादव, रुपेन्द्र यादव लगायतका युवाहरुको संलग्नतामा गौरीको अपहरण भएको हो। प्रदर्शनकै क्रममा ४-५ युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रकाश बस्नेतले सोमबारै उजुरी दर्ता गरेर अनुसन्धान थालेको जानकारी दिए।

‘पीडित परिवारले सोमबार मात्रै उजुरी गर्न आएको हो, अपहरण नै भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक प्रकाश बस्नेतले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]