०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

१०८ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न,नव विवाहित जोडीलाई मुख्यमन्त्री राउतको शुभकामना

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

न्यूज मधेश,जनकपुरधाम।प्रदेश सरकार, विश्व हिन्दु परिषद र ऐतिहासिक मणिमण्डप संरक्षण समितिको संयुक्त आयोजनामा आज जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न भएको छ ।

मुख्यमन्त्री बेटी पढाउ ,बेटी बचाउ कार्यक्रमको एउटा अंगको रुपमा सम्पन्न भएको उक्त सामूहिक आदर्श विवाह कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले यस्ता सामूहिक आदर्श विवाहले समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो ।

उहाँले नवविवाहित जोडीलाई सम्मान पत्र प्रदान गर्दै समाजमा नयाँ शोचको विकास हुने र प्रदेशको कुनै पनि स्थानमा हुने यस्ता आदर्श सामूहिक विवाह कार्यक्रममा प्रदेश सरकार खुलेर सहयोग गर्ने समेत बताउनु भयो ।
नवविवाहित जोडीको आमा बुवाको खुलेर प्रसंशा गनुृ हुँदै मुख्यमन्त्री राउतले यस्ता कार्यक्रमले समाजको अभिशापको रुपमा रहेको दहेज प्रथा अन्त गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]