२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

मोरङमा चोरले बोरामा हालेर लादै गरेको ९ महिने बच्चा खोस्न सफल भइन आमा

Logo
प्रकाशित मंगलबार, मंसिर १७, २०७६

न्यूजमधेश,जनकपुरधाम।जताततै बच्चाको चोरी घटना बढिरहेको बेला मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.२ करैबना टोलमा एक बच्चा चोरी हुनबाट जोगिएको छ।शनिबार बेलुका ७ बजे ९ महिनाका बच्चा रिसम भगतलाई सेतो पलाष्टिकको बोरामा हालेर लादै गर्दा आमा अनिसा भगतले चोरको पन्जाबाट खोसेर छोरालाई बचाउन सफल भएको छ।

घरमा बच्चा सुताएर आफु धारामा पानी लिन जादाँ भारतीय मुलुकको एक महिला र एक पुरुषले बच्चालाई बोरा हालेर भाग्दै गरेको देखेपछी पछ्याउदै घर देखी २ सय मिटर पर सुनसान खेतमा आमा अनिसाले गुहार माग्दा माग्दै बच्चालाई खोस्न सफल भइन। गाउँले जुटेपछि ति बच्चा चोरहरु भाग्न सफल भएका थिए। स्थानीय गाउँले, इलाका प्रहरी कार्यालय हरैंचा, सशस्त्र बेश क्याम्प डंग्राहाबाट खटिएको टोलिले खोजी गर्दा पनि रातको समयमा बच्चा चोरहरुलाई समात्न सकेन्न। घटना स्थल पुगेका इलाका प्रहरी कार्यलय हरैंचाका प्रमुख टि.पि कोइरालाले चोरहरु धेरै टाढा जान नसक्ने यतै कतै लुकेको हुन सक्ने आंशका गरिएको छ। इलाका प्रहरी कार्यलय नेमुवा र कोइलपुर प्रहरी चौकीलाई समेत निगरानी गर्न जानकारी गराएका छ्न।

आमा अनिसा भगतको अनुसार एक हप्ता अगाडि पनि दिउँसो भारतीय मुलुकका अपरिचित एक महिला र एक पुरुष घरमा आएर श्रीमानको बारेमा सोधी खोजी गरेका थिए। त्यही ब्यक्तिहरु हुन सक्ने आंशका गरेका छन । महिलाको अनुहारमा काटेको दाग छ भने महिला कुर्ता सुरवाल लागाएको र दुबै जनाको मुख छोपेको थियो। घटना भएको अवस्थामा ससुरा छिमेकीको घरमा थियो भने श्रीमान असोक भगत बाहिर काम गर्छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]